पाल्पामा करेन्ट लागेर एक पुुरुषको मृत्यु

Read Time = 1 min

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पामा करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका-३ झिरवास देउरालीका ४२ वर्षीय गोविन्द बरम्लेको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घर नजिकको खेतमा पानी तान्ने मोटर चलाउनको लागि विद्युुतको तार तान्ने क्रममा उनलाई एक्कासी करेन्ट लागेको थियो । करेन्ट लागेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुझुङ्गबाट गएको प्रहरी अनुसन्धान अधिकृतसहितको टोलीले प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्ठमार्टमका लागि पाल्पा अस्पताल पठाइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?