घरघरमा धारामा पानी- लगन ठुलीसैनीका स्थानीय दङ्ग

व्यक्तिगत सरसफाइ गर्न, शौचालयमा प्रयोग र बस्तुभाउलाई खुवाउन पनि धाराकै पानी

Read Time = 7 mins

-डम्बर बोहरा
बैतडी । घरको आँगन छेउमा चिटिक्क बनेको पानी धारा छ । धारा मात्रै छैन । नियमित पानी पनि आइरहेको छ । गाग्री कुनै पनि खाली छैनन् । खाना पकाउन, बस्तु भाउलाई र सरसफाइ गर्दा ढुक्कले जति चाहिन्छ प्रयोग गर्न मिल्छ ।एक गाग्री पानीका लागि न्वालोमा रातदिन जागराम पनि बस्न पर्दैन । स्थानीयलाई पहिलेको जस्तो पानीको चिन्ता छैन् । आधा उमेर पानीको जोहो गर्नमै बिताउनुभएकी बैतडीको सिगास गाउँपालिका–३ कि ६८ बर्षकी किथ्थी धामीलाई आँगनमा बनेको धारामा नियमित पानी आउँदा सपनामा छु जस्तै लाग्छ ।

धित मर्ने गरी पानी पिउन समेत नपाउने गाउँमा घरघरमै धारा बनेपछि उहाँ खुसीले दङ्ग हुनुहुन्छ । ’रात दिन पानीकै चिन्ता हुन्थ्यो । एक गाग्री पानीका लागि रातभरि जागराम बस्नु पर्थ्यो । कहिले त रित्तै घर फर्किनु पर्थ्याे । अहिले लिफ्ट प्रविधि मार्फत आँगनमै पानी आयो खुसी छौँ’ उहाँले भन्नुभयो, 'खानेपानीको समस्याकै कारण हाम्रो गाउँमा छोरी दिन समेत मान्दैन थे अहिले तरकारी खेती गर्न समेत पुग्छ । नजिक मुहान थिएन । यसरी सोलार लिफ्ट मार्फत घरमै धारा बन्छन् । पानी आउँछ । यो त हामीले कल्पना समेत गरेका थिएनौ अर्का स्थानीय सारथि धामीले भन्नुभयो, अहिले पानीका लागि दुई घण्टा हिड्न पर्दैन । दैनिक पानीको जोहो गर्नमै व्यस्त हुने महिलाहरूको दैनिकी समेत फेरिएको छ ।'

नियमित रूपमा व्यक्तिगत सरसफाइ गर्न, शौचालयमा प्रयोग र बस्तुभाउ खुवाउन पनि धाराकै पानी प्रयोग गर्ने गरेको धामीले बताउनुभयो ।

‘सिन्याखेत है पानी पुग्यो लगन ठुलीसैनी
घरघरमा धारा बन्या खुशी छन् दिदीबहिनी’

स्थानीय कलावती धामीले गाउनुभएको यो गीतबाटै नै प्रष्ट हुन्छ कि गाउँमा पानी पुगेपछि उनीहरु कति खुशी छन् भनेर । ‘समयको बचत भएको छ । अहिले त गाउँमा तरकारी खेती गर्न सुरु गरेका छौ’ कलावतीले भन्नुभयो, सँधै सुक्खा रहने करेसाबारी हराभरा भएका छन् ।’ सँधै बजारको तरकारीले धानेको गाउँमा अहिले आफैले लगाएको आफ्नै बारीको ताजा साग तरकारी खाइरहेको उहाँले बताउनुभयो ।

यसअघि सो ठाउँका स्थानीयवासीहरूले छिमेकी डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका – ५ बाट दुई घण्टा हिडेर पानीको जोहो गर्दै आएका थिए । त्यहाँ पनि पर्याप्त पानी थिएन । एक गाग्री पानीका लागि घन्टौँ सम्म लाइनमा बस्नु पथ्र्याे । धनमति धामीले भन्नुभयो, उनीहरु पनि सँग पानीको निहुँमा जहिले नि झगडा हुन्थ्यो ।

झन्डै दुई किलोमिटर टाढा सिन्याखेतबाट लिफ्ट प्रविधि मार्फत गाउँमा खानेपानी ल्याइएको छ । गाउँमा खानेपानी पुग्ने कुनै विकल्प नभएका बेला लिफ्टबाट पानि तानेर घर घरमा धारा बनेपछि महिलाहरूको दैनिक मात्रै फेरिएको छैन्, विद्यालयमा विद्यार्थीहरूको उपस्थिति समेत बढेको स्थानीय एवं भुवन भाष्कर माध्यामिक विद्यालयका प्रधानाध्यपक भानसिंह धामीले बताउनुभयो । पानी भर्न जाने बालबालिकाहरू अहिले नियमित रुपमा विद्यालय आइरहेका छन् उहाँले भन्नुभयो 'काकाकुल गाउँमा पानी पुग्यो अहिले सबै खुशी छौँ ।'

सुदूरपश्चिम प्रदेश सरकारको झन्डै आठ करोडको लागतमा लगन ठुलिसैनी लिफ्टिङ खानेपानी आयोजना बनेपछि सिगास गाउँपालिका ३ का किथ्थी र सारथि सहित १३७ घरमा धारा निर्माण गरिएको छ । मैनोला, लगन, हल्कासैनी, माझभ्वाँ, मैतोडा, ठुलीसैनी, परचाल र चमडेखर्क गाउँका एघार सय बढी उपभोक्ताहरू लाभान्वित भएका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले जानकारी दिनुभयो । लिफ्ट खानेपानी योजना आर्थिक वर्ष २०७७÷७८ बाट सुरु भएर आर्थिक वर्ष २०७९र८० मा सम्पन्न भएको हो ।

बस्ती नजिक मुहान नभएका उच्च भेगहरूमा लिफ्ट प्रविधिमार्फत खानेपानीको पहुँच पु¥याउने गरिएको छ । यो प्रविधि उक्त भेगहरूका लागि प्रभावकारी समेत बन्दै गएका छन् । जिल्लामा गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार मार्फत सञ्चालित छ ओटा खानेपानीका योजनाहरू सम्पन्न भएका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका इन्जिनियर हरिस जोशीले जानकारी दिनुभयो ।

२९ योजना मध्ये ६ ओटा सम्पन्न भइसकेका छन् भने १८ लिफ्टिङ खानेपानीका योजना निमार्णको क्रममा रहेको उहाँले बताउनुभयो । बाँकी ५ ओटा योजनाहरूको काम सञ्चालन हुन् बाँकी रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?