केही नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न शेखर कोइरालाको माग

Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न माग गर्नुभएको छ ।

जारी केन्द्रीय समिति बैठकमा उनले नीतिगत रुपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय हुनेगरी ल्याएको उक्त विधेयक खारेज लिन माग गर्नुभयो । कांग्रेस उपाध्यक्ष तथा कानुनमन्त्री धनराज गुरुङले ल्याएको उक्त विधेयक तत्काल खारेज लिन कोइरालाले माग गर्नुभएको हो ।

राजनीतिक दल वा समूहका नाममा जस्तासुकै अपराधीलाई उन्मुक्ति दिने कुरा कांग्रेसको मूल्य मान्यताविपरीत भएको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?