-नृपेन्द्र बहादुर मल्ल
मुगु । नेपाल टेलिकम मार्फत वितरित विभिन्न गतीका ईन्टरनेट सेवाहरु कछुवा गतीले चलिदिँदा सेवाग्राहीहरुले आफुहरु टेलिकमबाट ठगिएको महशुस गरेका छन् ।
जिल्ला सदरमुकाम गमगढी वरिपरिका ग्राहकहरुलाई लक्षित गरि टेलिकमले प्रदान गरेको फोरजी, थ्रिजी र एडिएसएल ईन्टरनेट सेवा कछुवा गतिमा चलेको लामो समय भैसक्दा पनि टेलिकमले सुधारमा कुनै चासो नदिएपछि ग्राहकहरुले आफुहरु ईन्टरनेटको नाममा ठगिएको बताएका हुन् ।
फोरजी र थ्रिजि भन्दा एडिएसएलको गती केहि छिटो भएपनि दुवै जीको गती सुस्त हुदा डाटा लिएर ईन्टरनेटजन्य काम गदै आएका ग्राहकहरु लामो समय देखि मारमा परेका छन् ।
मोवाईलमा फोरजी देखाउछ आश लाग्छ डाटा लियो चल्दैन तर पैसा काटी हाल्छ फोजी डाटा २०/२५ केवी/एस गतीमा चल्छ यो गतीले कार्यालयका कुनै पनि काम गर्न मिल्दैन, गमगढीमा रहेको टेलिकमको कार्यालयमा गुनासो जती गरेपनि सुनुवाई नभएको शिखर ईन्स्युरेन्स मुगु शाखाका कर्मचारी लोकेन्द्र भण्डारी बताउनु हुन्छ ।
छायाँनाथ रारा नगरपालिका वडा नं १ का स्थानिय पेशाले शिक्षक रहेका मोहन कुमार मल्लको गुनासो पनि लोकेन्द्र भण्डारीको भन्दा फरक छैन उहाँ भन्नुहुन्छ आफ्नो गाँउ तथा कार्यरत विधालयमा लेनलाईन र एडिएसएल सेवा छैन त्यसैले आफुले विद्यालय तथा घरमा ईन्टरनेटजन्य काम गर्दा डाटा दिएर गर्ने गरेको छु । ३/४ महिना पहिलो ईन्टरनेटको गती ठिकै थियो ।
फोजीले काम नगरेर थ्रिजीमा लिएर थ्रिजीले काम नगरे फोजीमा मोवाईलको डाटा नेटवर्कमा बदले सामान्य काम गर्थ्यो तर अहिले जुन जीमा बदलेपनि काम गर्दैन । टेलीकमको सजिलो प्रिपेट डाटा लिएर दैनिक २ जिवी आउने २८ दिन प्रयोग अवधीको डाटा प्याक लिई ईन्टरनेटजन्य काम गर्दै आएको पनि उहाँले बताउनु भयो ।
घरमा एडिएसएल जोडेको छु, विद्युत प्राधिकरणबाट वितररित विद्युत नियमित नहुने भएपछि ईन्टरनेटजन्य काम गर्न नियमित मोवाईलमा डाटा लिन्ने गर्थे लामो समय भयो डाटाले पनि राम्राे काम गरेको छैन आफ्नो उपस्थिती मात्र देखाएको छ । देशका अन्य ठाँउमा फोरजी कस्तो चल्छ थाहा भएन तर मुगुको सन्दर्भमा फोरजी हाईन की फोहर जि जस्तै छ ईन्टरनेट गती । नेपाल पत्रकार महासंघ मुगु शाखाका सस्थापक अध्यक्ष विनोद कुमार मल्ल भन्नुहुन्छ विश्व ईन्टरनेटको गतीमा सिक्सजी सम्म पुगीसके हामी थ्रिजी,फोरजी कै गतिलाे नेट पाएका छैनौ । उहाँ शंका गर्नुहुन्छ 'कतै टेलिकमले फोरजी भनेर टुजी गतीको नेट त वितरण गरेको छैन ? कि टेलिकम ठगिएको छ कि ? टेलिकमले हामीलाई ठगेको छ, दुर्गममा वितरित नेटको गती बारे नियमन निकायले छानविन गर्नुपर्छ ।'
भण्डारी र मल्ल द्वयकाे जस्तै पिडा टेलिकमका ग्राहकहरुले तिन महिना यताबाट भोग्दै आएका छन् । नेट चलाउनका लागी डाटा लिन्छन तर काम गर्दैन पैसा काटी हाल्छ । डाटा गती सुस्त हुँदा विद्यार्थी, शिक्षक, विभिन्न परिक्षाको तयारी कक्षा पढ्ने र सन्दर्भ सामग्रीहरु गुगलमा खोज्ने व्यक्तिहरु बढी प्रभावित भएका छन् ।
सरकारले हातहातमा मोवाईल घरघरमा ईन्टरनेटको नारा लिएर गाँउ गाँउ कुना कुनामा मोवाईल टावर राखि टेलि सेवा मार्फत फोन र ईन्टरनेट सेवा दिएपनि नेटको गती फोनको गुणस्तर बारे नियमन नहुँदा ग्रामिण तथा दुर्गम क्षेत्रका बासिन्दा यी सेवाका नाममा ठगिदै आएका छन् भने सरकारका नारा नारामा सिमित हुने गरेका छन् ।
मुगुमा लामो समय देखिको ईन्टरनेटको गतीमा देखिएको समस्या बारे नेपाल टेलिकम क्षेत्रिय कार्यालय सुर्खेतका प्रमुख उमेश शाहलाई बुझ्दा ग्राहक अधिक भएको र ट्राफिक जाम हुँदा ईन्टरनेटको गतीमा समस्या आएको स्वीकार्नु भयो उहाँले भन्नु भयो मुगुमा दुई तिन महिनाबाट देखिएको समस्या बारे के हो ? कसरी समाधान गर्न सकिन्छ आफुले मुगु कार्यालय र केन्द्रसंग समन्वय गरि समाधानका लागी पहल गर्नेछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच