माओवादी बहिर्गमित लडाकुहरुको मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्छ : उपमहासचिव ज्ञवाली

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी बहिर्गमित लडाकुहरुको मागलाई तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिनु भएको छ ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहनु भएका उपमहासचिव ज्ञवालीले बहिर्गमित लडाकुहरुको मुद्दालाई अन्तरराष्ट्रियकरण गरेर नेपालको संक्रमणकालीन न्यायलाई गिजोल्ने काम हुन नदिन पनि सरकारले उनीहरुको मागलाई सम्बोधन गर्न ढिलाई गर्न नहुने बताउनु भयो ।

सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले बहिर्गमित लडाकुहरुलाई पनि लोकतान्त्रिक सम्मान दिएर उनीहरुको मागलाई सम्बोधन गर्ने प्रयास केपी ओली नेतृत्वको सरकारको पालामा सुरु भएपनि त्यसलाई वर्तमान सरकारले अघि नबढाएकोमा असन्तुष्टि व्यक्त गर्नु भयो ।

उपमहासचिव ज्ञवालीले तत्कालिन द्वन्द्वले धेरै थिलथिलो बनाएको रुकुम, रोल्पा, जाजरकोटलगायतको क्षेत्रमा पनि द्वन्द्वको घाउ पूर्णका लागि सरकारले विकास, निर्माण र रोजगारीका लागि विशेष कार्यक्रमनै संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

उहाँले तत्कालिन अवस्थामा घर विदामा गएका सुरक्षाकर्मीहरुलाई समेत मार्ने काम भएको उल्लेख गर्दै उनीहरुको पनि गुनासोलाई राज्यले सम्बोधन गरेर संक्रमणकालिन न्यायलाई टुंगोमा पु¥याउनुपर्ने बताउनु भयो ।

नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले वेपत्ता पारिएको व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद अव एक पटक भन्दा बढि थप गर्न नहुने बताउनु भयो । दुवै आयोगको विश्वसनीयताका लागि पनि अव धेरै पटक म्याद थप गर्न नहुने उहाँको तर्क थियो ।

सांसद केसीले पीडितहरुलाई अहिलेको अवस्थाको मूल्यांकनको आधारमा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग समेत सरकारसँग गर्नु भयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संक्रमणकालिन न्यायसँग सम्बन्धित दुवै आयोगको म्याद अव नथपिने कानुनी व्यवस्था गरेर अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

संक्रमणकालिन न्यायको मुद्दालाई छिटो टुंग्याउनुपर्ने भएकाले त्यससँग सम्बन्धित आयोगहरुको म्याद अव थप गर्न आवश्यक नभएको उहाँको भनाई थियो । सांसद सुवालले भन्नु भयो, ‘अहिलेसम्म हामीले आयोगको म्याद थप गर्दै आएका छौं । अव कति थप्ने ? त्यसकारण अव उप्रान्त थपिने छैन । किन भन्दाखेरी २०६४ सालको संविधानसभा पनि सर्वोच्च अदालतले अव म्याद थप गरिने छैन भनेर घोषणा गरेको हो नि । नत्र थप्दै त्यही संविधानसभा कति अघि बढने थियो होला । अव यो आयोगको म्याद थपिनेछैन भनेर जानुपर्छ ।’

वेपत्ता पारिएका व्यक्तिको छावविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा दुवै आयोगको म्याद अव २ वर्ष थप गर्ने प्रस्ताव गरिएको छ । सांसद सुवालले भने म्याद थप गरेर जान नहुने सुझाव दिनु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?