ट्वीटरको लोगो परिर्वतन, चराका स्थानमा एक्स

हिमालय टाइम्स
Read Time = 1 min

एजेन्सी । माइक्रोब्लगिङ साइट ट्वीटरले आफ्नो लोगो परिर्वतन गरेको छ । सोमबार दिउँसोबाट ट्वीटर लोगोमा रहेको निलो चरोलाई हटाएर अंग्रेजी अक्षर एक्स राखीएको छ । ट्वीटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ ।

ट्वीटरका मालिक एलन मस्कले यसअघि नै ट्वीटरको लोगोबाट निलो चरो हटाउने बताउनुभएको थियो । मस्कले किनेदेखि ट्वीटरको विज्ञापनबाट हुने आम्दानी भने घटेको घट्यै छ । केही दिनअघि मस्कले ट्वीटरको आम्दानी ५० प्रतिशतले घटेको स्वीकारनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?