दुई सय एमपी क्यामेरा भएको रियलमी ११ प्रो नेपाली बजारमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रियलमीको बहुप्रतिक्षित रियलमी ११ प्रो सिरिज ५ जी नेपाली बजारमा आएको छ । कम्पनीका अनुसार रियलमी ११ प्रो प्लस ५ जी यस वर्षको उत्कृष्ट फ्ल्यागसिप क्यामेरा फोन हो, जसले फोटोग्राफीमा रुचि राख्नेका लागि एउटा नयाँँ स्तर निर्धारण गरिदिएको छ ।

प्रसिद्ध ब्राण्ड गुचीका पूर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५ जी र रियलमी ११ प्रो प्लस ५ जीको डिजाइन गरिएको हो ।

क्यामेरामा आइसोसेल एचपी तीन सुपरजुम सेन्सर रहेको छ जसको सेन्सर साइज १/१.४ इन्चको रहेको छ भने १.६९ को एपर्चर साइज रहेको छ । दुई सय एमपीको डाइरेक्ट आउटपुट सपोर्ट गर्ने क्यामेराको हरेक पिक्सेलले फाइनल पिक्चरको गुणस्तरमा भूमिका खेल्ने कम्पनीको दाबी छ ।

त्यस्तै, चार गुणासम्म लसलेस जुम सपोर्ट गर्ने इन सेन्सर जुम टेक्नोलोजीले रियलमी ११ प्रो प्लस फाइभ जीबाट फोटो खिच्दा टाढाबाट पनि अल्ट्रा हाई रेजोलुसनको तस्बिर लिन सकिने बताइएको छ । सेल्फीमा ३२ एमपीको सोनी सेल्फी क्यामेरा रहेको छ ।

रियलमी ११ प्रो प्सस ५ जी १२/२५६ जिबी स्टोरेज भेरियन्टको मूल्य ६१ हजार नौ सय ९९ रुपैयाँ र रियलमी ११ प्रो ५ जी ८/२५६ जिबी स्टोरेज भेरियन्टको ४७ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?