नाब्लस (प्यालेस्टिनी क्षेत्र) । इजरायली सेनाले मंगलबार पश्चिम किनारको नाब्लस शहरमा तीन प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आरोप लगाएको छ । नाब्लसमा इजरायली सेनाको गोली लागेर तीनजना प्यालेस्टिनीको मृत्यु भएको छ जनाउँदै मन्त्रालयले मारिएकाको पहिचान भइनसकेको बताएको छ ।
सशस्त्र आतंककारीले नाब्लसमा एउटा गाडीबाट आफ्ना सैनिकमाथि गोली प्रहार गरेपछि त्यसको प्रतिकारमा गोली चलाइएको इजरायली सेनाले स्पष्ट गरेको छ । सैनिक जवानले आतंककारीबाट तीन थान एम-१६ राइफल, एउटा बन्दुक, कारतुस र अन्य सैन्य उपकरण बरामद गरेका सेनाले एक विज्ञप्ति निकालेर बताएको छ ।
सन् १९६७ मा भएको छ दिन लामो युद्धपछि इजरायलले कब्जा गरेको पश्चिम किनारमा प्रायः सधै हिंसाका घटना भइरहन्छन् । गत वर्षको सुरुदेखि यस क्षेत्रमा इजरायललाई लक्ष्य गरेर प्यालेस्टिनीले शृंख्लाबद्ध आक्रमण गर्दै आएका छन् । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच