युरोपमा हरेक वर्ष २० हजारभन्दा बढीको डुबेर मृत्यु

Read Time = 2 mins

कोपेनहेगन । युरोपमा हरेक वर्ष २० हजारभन्दा बढी मानिसको डुबेर ज्यान जाने गरेको छ । डुब्नबाट जोगाउने विश्व रोकथाम दिवसको पूर्वसन्ध्यामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का युरोपेली क्षेत्रीय निर्देशक डा.हान्स हेनरी पी.क्लुगेलेले उक्त जानकारी दिनुभएको हो ।

विश्वका सबैभन्दा अधिक मदिरा पिउनेहरू युरोपमा रहेकाले युरोपेली क्षेत्रमा डुबेर भएका मृत्युमध्ये २६ प्रतिशत मदिराका कारण भएको उहाँले सोमबार जारी गरिएको वक्तव्यमा उल्लेख छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार सन् २०१४ यता बसाइँसराइका क्रममा करिब ३४ हजार मानिस डुबेका छन् ।

डुब्नबाट जोगाउने विश्व रोकथाम दिवसका अवसरमा जारी गरिएको क्षेत्रीय निर्देशक डा.क्लुगेलेको वक्तव्यअनुसार विश्वव्यापी रूपमा हरेक वर्ष दुई लाख ३६ हजारले ज्यान डुबेर गुमाउने गरेका छन् । पौडी पोखरीमा हुने दुर्घटनादेखि पानीजहाजलगायत जल यातायातका साधन पल्टिनेलगायत दुर्घटना तथ्यांकमा समेटिएका छन् । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?