कांग्रेस बैठकमा आज सभापति देउवाले जवाफ दिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक सानेपा, ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे बोलाइएको छ ।

गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि गत सोमबारदेखि भने पार्टी पदाधिकारीले आफनो धारणा राखेका थिए ।

जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

आजको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणा तथा छलफलका बिषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?