साँढे एक वर्षपछि नै भए पनि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक त बस्यो तर कुनै पनि गम्भीर जिम्मेवारीपूर्ण कुरा एकजना पनि सदस्यले बोलेको सुन्न पाइएन । कांग्रेसजस्तो देशविदेशका तमाम प्रजातन्त्रवादीको आशाको केन्द्र मानिएको पार्टीले यति गैरजिम्मेवार बनेर प्रस्तुत हुनु निश्चय नै आश राखेर बस्ने मान्छेका लागि दुःखद् कुरो हो । (क) १४औं महाधिवेशनपछि प्रथम पटक बसेको कांग्रेसको केन्द्रीय समितिले महाधिवेशनका प्राप्ति अप्राप्तिको गम्भीर समीक्षा, (ख) कांग्रेसले अवलम्बन गरेको वैपरीत्य विचारसँगको गठबन्धनको गम्भीर अनाग्रही समीक्षा र मूल्यांकन, (ग) सत्ता जितेर राजनीति पनि जितियो या हारियो ? वर्षेनी आउने दुई लाख लाख युवकले कांग्रेससँग कस्तो आश गरेको छ ? के गर्दा तिनको आकर्षण कांग्रेसलाई बनाउन सकिन्छ भन्ने जस्ता विषयमा गम्भीर बनेको देख्न सुन्न पाइएन ।
केन्द्रीय समितिका खपेतपेका नेता कांग्रेसी भजनमण्डलीमा परिणत भएको घिनलाग्दो दृश्य मञ्चित भयो । स्यालका रूपमा दलीय मूल्यमान्यता मान्ने नेताहरू नेताका भनाइमा होहोमा उत्रन पनि सक्छन् । यदि देशविदेशको राजनीतिक परिस्थितिका चापमा मुलुक परेका बेला । बीपीको सभापतित्वमा यो भएको थियो । माओवादीको हत्याहिंसाले देश रक्तकुण्डमा रूपान्तरित भएका बेला गिरिजाप्रसाद कोइरालाका नेतृत्वमा पनि यो अवस्था देखिएको थियो तर आज एक व्यक्तिको सत्ता लिप्साका कारणले दलको ऐतिहासिक गौरव गरिमा गिरेको छ । विचार बिलाएको छ अपकर्ममा । जनता निरीह बनेर अदृश्य शक्तिको पुकारा गर्न जानुपर्ने सोह्रौं शताब्दीका राष्ट्र या समाज सदस्यमा रूपान्तरित भएका छन् ।
यो परिस्थिति निर्माणका निमित्त सबै केन्द्रीय सदस्य झ्यम्टा, झ्याली र मुजुरा लिएर भजनमा लागेको भए पनि रमाइलै हुन्थ्यो होला तर यहाँ त भ्रष्टलाई भ्रष्ट भन्न पाइँदैन, विधि मिच्नेलाई विधि मिचुवा भन्नेको मुख च्यात, अल्छेलाई अल्छे भन्ने कि नभन्ने भनेर दुई खेमामा विभाजित भएर पो देखिए नौटंकी प्रदर्शक कांग्रेसीजनहरू । कांग्रेस सभापति स्ट्याचु र महामन्त्रीहरू हास्यपात्रमा परिणत भएको यो बैठक वास्तवमा नै हात्ती आयो आयो फुस्सा भएको बुझ्न हामी नेपाली विवश भयौं । जनताप्रति यति उदासीन पार्टीलाई अब उप्रान्त भोट दिने कि नदिने ? जेठमा बिउ भुटेर खाने अनिकालेले मंसिरमा काट्ने के ?
आज यति सजिलो बेलामा दलमा सांगठनिक रूपमा पनि खिया लागेको छ भने वैचारिकतत्व हराएर बिलाएर गएको छ देशको सबैभन्दा ठूलो जिम्मेवार पार्टीको यो हालतले देश कुहिराको कागमात्रै होइन कि बेथिति र नालायकपनाले थिचिएको छ ।
‘....कुपुत्रो जायेत...’ हो, दल, संगठन, व्यक्ति सबैतिर कपूत जन्मन सक्छन् । कपूतले विष्टा र गोबरको विभेद गर्दैनन् । विवेकशीलहरूले नीति, नियम आदिका माध्यमबाट कपूतलाई नियन्त्रण गरेर देश, समाज र संस्थाको कम नोक्सानीका निमित्त काम गर्नसक्नुपर्दछ । एक दशकदेखि कांग्रेसमा निकम्मापन मौलाएको मौलायै भयो किन ? के कांग्रेसमा अहिले सबै निकम्मा नै छन् ? यसो पनि नहोला भन्ने आश गरौं । यो देशका दलहरूमध्ये सबैभन्दा बढी देशको समग्र रूपान्तरण अभियानमा जनताको साथ पाएको दल पनि कांग्रेस नै हो भने देशदेशावरमा नाम चलेका र विश्वास गरिएका नेता पनि विगतमा कांग्रेसमा नै भएका थिए ।
आज देशमा रहेको संविधान पनि यसकै नेतृत्वमा बनेको थियो र यसकै नेतृत्वमा लागू पनि भएको थियो तर आज किन कुहेका सिनाका पछि स्यालले र्याल काढेर ढुके झैं सत्तासयरको अवसरमात्र खोज्न लाग्यो ? राजनीति विचार, दर्शन र कार्यक्रमको समग्रता हो । सत्तामा नपुगीकन विचार दर्शनमात्रै होइन देशविकास, सामाजिक रूपान्तरण, वैचारिक संगठनको विस्तार तथा जनताका बीचमा पुग्न पनि कठिनाइ हुन्छ तर पनि सत्ता नै सबै कुरा होइन । हिजोका यसै दलका नेताले पनि यस प्रकारको चरित्र प्रदर्शन गरेका थिएनन् । जनताको साथ लिएर सर्वसत्तावादी राजासँग जुध्नुपर्दा पनि राजाका जेलमा बसे तर त्वं शरणम् गरेनन् ।
देशलाई नै रक्त कुण्डमा परिणत गरेर राजदरबार नै सखाप पार्ने शक्ति प्राप्त गरेको जंगली बन्दुक र राजाका बन्दुक मिसिएका खण्डमा प्रजातन्त्र र मानव स्वतन्त्रता र विधिको सर्वोच्चतालाई ठूलो नोक्सान हुने देखेर हातमा बन्दुक लिएर हिंसा हत्यामा ओर्लिएको समूहलाई समेत वार्ताका टेबुलमा ल्याएर देशमा शान्ति कायम गरेका थिए । आज यति सजिलो बेलामा दलमा सांगठनिक रूपमा पनि खिया लागेको छ भने वैचारिकतत्व हराएर बिलाएर गएको छ देशको सबैभन्दा ठूलो जिम्मेवार पार्टीको यो हालतले देश कुहिराको कागमात्रै होइन कि बेथिति र नालायकपनाले थिचिएको छ । मुलुक दिनप्रतिदिन भ्रष्टाचारका दलदलमा भासिएको छ ।
मन्त्री प्रधानमन्त्री जसले भ्रष्टाचारको योजनामा सही गरेर नीति बनाएर भ्रष्टाचार गर्ने आदेश दियो त्यो दूधले नुहाएको मान्छेजसरी राष्ट्रिय अवसरका सञ्चारमाध्यम र मञ्चबाट उपदेश दिएर हिँडेका छन् । तिनको आदेशपत्र बोकेर कर्तव्य क्षेत्रमा लागेकालाई थुनेको छ । नौटंकी मञ्चन गरेर देशलाई भ्रष्टहरूको बैकुण्ठ बनाउने काममा आज नेपाली कांग्रेस र नेकपा एमालेका अध्यक्ष लागेका छन् भनेर देशका बौद्धिक वर्गले चिन्ता प्रकट गर्दा पनि भ्रष्टलाई जोगाउने र सहयोग गर्नेपक्षमा उभिएका कांग्रेसीजनले महामन्त्रीका प्रतिवेदनलाई एनजिओको प्रतिवेदन संज्ञा दिनु उचित-अनुचित केहो ? महामन्त्री एनजिओका नाइके हुन् भने मित्र एनजिओका नाइकेका सभापति के हुन्छन् ?
अनि तिनका केन्द्रीय सदस्य तपाईंहरू आइएनजिओका सदस्य हुनुभएन र महासय ? आकाशतिर फर्केर थुक्दा सबै थुक तपाईंकै मुख पर्छ भन्ने पनि हेक्का रहेन महामहिम ? नेकाका नेताले विवेक, विचार, चरित्र र चिन्तन अवसर पनि सत्तासँग साटेकै हुन् त ? भन्ने प्रश्न सर्वत्र गर्न थालिएको छ । डा.शेखर कोइरालाले अलि फरक प्रकारले बोले र सभापतिले साथीको थुराइबाट बाँच्न खुला गरेको बैठकका सम्बन्धमा पनि उनको टिप्पणी ठिकै थियो तर एक्लो बृहस्पति झुटो । अर्जुन नरसिंह केसी का कुरा घतलाग्दा र हितकारी रहे भने डा.शेखरले पनि छाहारी राम्रा र आवश्यक कुरा संकेत गरे तापनि युवा चाहनालाई छहारी दिन सक्नुपर्दथ्यो त्यो न हुँदा युवकलाई साथमा नलिई कस्तो नेता बन्ने भन्ने प्रश्न उठेको छ बौद्धिक समुदायमा ।
सुँगुर मोटाउँदै जाँदा उसको पश्चभाग चाउरिँदै जान्छ रे, कुभिण्डो जति छिप्पिन्छ त्यति नै फुस्रन्छ अरे । यो लोक निर्देश हो । कांग्रेसले भयानक संकटका दिनमा जोगाएको आदर्शलाई अति सजिला दिनमा एकाएक सुन्तलाको दानामा परिणत भएर यो अब बोक्रामा मात्रै धानिएको देखिन्छ । हेर्दा त कांग्रेस एउटै छ तर कांग्रेसमा अहिले झन हेर्दा दुई समूह देखिए पनि आन्तरिक रूपमा चार समूह रहेको कुरो लाटाले पनि बुझ्ने गरी यो केन्द्रीय समितिले रेखांकन गरेर देखायो । पार्टी सभापति स्वयं अग्रसर भएर आफ्ना पछौटेलाई दुई महामन्त्रीलाई रक्षात्मक पंक्तिमा पुर्याउने गरी निर्देश दिएर आफू एक चम्चा पानी मुखमा राखेर मूर्तिवत् बसेको देखाएर शक्ति प्रदर्शन गरेको यो बैठकले कांग्रेसलाई भावनात्मक एकताको बाटोबाट निकै पर पुर्याएको देखिन थालेको छ ।
सबै कांग्रेस कौरब कलरवभन्दा माथि उठ्न सकेनन् । नेपाल साँच्चै सतीको सराप परेकै देश हो झैं लाग्न लाग्यो । राजतन्त्र कहिल्यै फापेन । पहिले आफैंभित्रको ब्याइते र ल्याइतेका (विद्यावती र उनीभन्दा पहिले ल्याइएकी रानीका) झगडाले आत्मकेन्द्री शासन आयो ।
यद्यपि आज सोमबारै मूल्यांकन अलि चाँडो होला कि जस्तो पनि मलाई लागिराखेको छ । अर्जुननरसिंह केसी र शेखर कोइरालाबाहेक त विभाजित मानसिकतामा नै प्रस्तुत भए । किशोर सिंह राठौर, गोपालमान श्रेष्ठ, मोहन बस्नेत, महेन्द्र यादव, नेताभन्दा पनि कंसको आज्ञापालक चाणुर र मुष्टिकका भूमिकामा प्रकट भए । हुन त यिनीहरू मात्रै होइन सबै कांग्रेस कौरब कलरवभन्दा माथि उठ्न सकेनन् । नेपाल साँच्चै सतीको सराप परेकै देश हो झैं लाग्न लाग्यो । राजतन्त्र कहिल्यै फापेन । पहिले आफैंभित्रको ब्याइते र ल्याइतेका (विद्यावती र उनीभन्दा पहिले ल्याइएकी रानीका) झगडाले आत्मकेन्द्री शासन आयो ।
राणाको कठपुतली भयो यो संस्था भनेपछि पञ्चको खेलौना बनेर देश र जनताभन्दा धेरै पर पुगेर नाफाखोर व्यापारी बनेर देखिन थालेपछि जनताले यसलाई फालिदिए । कांग्रेस कागमा रूपान्तरित भएर एक सिता भातका लागि भाइमारा बनेर देखियो र शक्तिहीन हुँदै जान लागेको स्पष्टै छ । वामशक्ति विस्तारै संगठित र प्रशिक्षित बन्दै आएको थियो तर त्यहाँ पनि धन्नुकारी जन्मेर त्यसलाई पनि जनताको सीमाबाट टाढा अहं र दम्भका क्षेत्रमा घिसार्दै लगेको देखिन थालेको छ । गर्मीयाममा उत्पत्ति हुने अनेकौं प्रकारका कीराफट्यंग्रा या पुत्लेपांग्रे च्याउ पलाए जसरी पलाएका दर्शन, सिद्धान्त र कार्यक्रमविनाका छिचिमिरे दलले देश चलाउन सक्दैनन् भन्ने त भनिरहनु नपर्ला पनि भन्छु ।
२०१७ सालामा राजा महेन्द्र र यो देशका वामनेताका बीचमा भएको समझदारी अनुसार आज पनि ओली र लिङदेनको गिरेतदासभाव प्रदर्शन भइरहेकै छ । पृथ्वी सम्भावनाबाट खाली हुँदैन भनिन्छ । राजा मरेर राज्य हराउँदैन पनि भनिन्छ तर कांग्रेसको ओरालो यात्राका कारणले देश अन्योलग्रस्त बन्दै जान लागेको छ । जनता प्रजातान्त्रिक हक अधिकार, सुशासन चाहन्छन् त्यो अहिलेसम्मका कुनै पनि सरकारले दिन सकेन । न कुनै एक दलका सरकारले न त अनेक दलका छ्यासमिसे सरकारले नै दिनसक्यो ।
अहिले त चुनावभन्दा पहिलेको खाने हामीले मात्रै हो अरूले होइन भनेर घोषणा नै गरेर गएकाले पनि जनतालाई सुशासन र पूर्णमानव अधिकारको प्रत्याभूति दिने गोरेटोसम्म पत्ता लाउन सकेको देखिँदैन । सत्तागठबन्धनमा बसेर मोर्चा गठन गर्ने र धम्क्याउनेसम्मको छुट पाएका अवस्थामा देशले प्रगति गर्ला, स्थिरकालीन परिणाम दिन सक्षम होला भनेर कसरी विश्वास गर्ने ? गर्नेभन्ने हनुमान पगरी गुथ्ने ढेडु या धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्ने उखानले दिने प्रतीयमान अर्थ ठम्याएर मन्त्रीमण्डलमा अध्यक्षता गर्ने चाहिँ चोखो हुने त्यो निर्णयले तयार पारेको भारी बोक्ने भरिया समातिने नीति मान्न अब नेपाली बौद्धिक तयार छैनौं भनेर देशका बौद्धिक समुदाय बोल्ने बेला आयो ।
यति गम्भीर कुरामा छलफल त कता हो कता समातिएका बालकृष्ण खाँड जोगाउन आधा कांग्रेस व्यग्र रहेको देख्नुपर्दा आज भ्रष्ट, अनैतिक, चोर, दिमागविनाका दिवालियाले पार्टी चलाएको रहेछ भन्न म विवश भइयो । किनभने, ‘जहाँसुकै पनि हुन्छ स्वामी माफिक नोकर’ अनैतिक नेताले इमानदार मान्छेलाई पुरस्करण सक्दैन । कांग्रेस केन्द्रीय समितिको बैठक होइन यो त बादी प्रतिवादीका पक्षबाट वकालत गर्ने वकिलहरू भएको कुनै अदालतको इजलास जस्तो किन देखाएको महान् चरित्रवान् सभापतिज्यू ? यो अकिञ्चनको जिज्ञासा मेटाई पाऊँ प्रभु !!! हे गरिब प्रवर !!! नहुने छोराको गनाउने मुख नदेखाउनुस् है अबदेखि ? भविष्य युवकको हो अघि बढ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच