पीपलमणि सिग्देलको ‘विचारपुञ्ज’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आचार्य पीपलमणि सिग्देलको ‘विचारपुञ्ज’ लाकोर्पण गरिएको छ । शनिबारको नियामित कार्यक्रममा वाल्मीकि क्याम्पसमा तथा जुम कार्यक्रममार्फत सिग्देलको कृति ‘विचारपुञ्ज’को लोकार्पण गरिएको हो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कृतिको लोकार्पण गर्नुभएको हो ।

कृतिको लोकार्पण गर्दै महामन्त्री शर्माले सर्जक पीपलमणि सिग्देललाई वाल्मीकि क्याम्पसको प्रांग्रणतिर चिनेको र सँगसँगै निरन्तर शनिबार साहित्य यात्रामा अगाडि बढेको स्मरण गर्दै सिग्देलले देशबाहिर छरिएर रहेका अन्तर्राष्ट्रिय नेपाली मनहरूलाई जोड्न सफल भएको बताउनुभयो ।

कृतिको समीक्षा गर्दै हिमालय टाइम्सका प्रधान सम्पादक प्रा.पुरुषोत्तम दाहालले गर्नुभएको थियो । दाहालले भूगोलमात्र राष्ट्रियता होइन, राष्ट्रियता त नेपाली मन, नेपाली भावना, नेपाली विचार पनि रहेछ भन्ने पीपलमणिको कृतिमा रहेको धारणा राख्नुभयो ।

निरन्तर शनिबारका संस्थापक संयोजक मनोजमणि आचार्य, संयोजक डिल्लीराम सुवेदी, प्राडा.भागवत ढकाल, सोझो गाउँले कृतिको बारेमा चर्चा गर्नुभएको थियो । जुम कार्यक्रममा ‘विचारपुञ्ज’ कृतिमाथि टिप्पणी गर्दै प्राडा.नवराज कट्टेलले ‘विचारपुञ्ज’ आत्मप्रकाशनको अनुभूति भएको सुनाउनुभयो । जुममा कार्यक्रम सुरु स्वामी वालगोपालले दीप प्रज्वलन गर्नुभएको थियो भने चुडामणि पाठकले शान्ति पाठ गर्नुभएको थियो । जुममा विभिन्न देशमा रहेका करिब ५५÷६० जना नेपालीको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?