पञ्जावी गायक सुरिन्दर सिन्डाको निधन

Read Time = 1 min

लुधियाना । पञ्जावी गायक सुरिन्दर सिन्डाको निधन भएको छ । ६४ वर्षको उमेरमा उहाँको बुधबार निधन भएको हो । सुमधुर स्वरका धनी चर्चित पञ्जावी गायक सिन्डा केही समयदेखि बिरामी हुनुहुन्थ्यो । उहाँलाई लुधियानाको डीएमसी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उहाँले अन्तिम श्वास फेर्नुभयो ।

गायनसँगै उहाँले धेरै चलचित्रमा अभिनय पनि गर्नुभएको छ । उहाँले ‘जट्ट जिओना मोर’, ‘पुट्ट जट्टन दे’, ‘ट्रक बनिलिया’, ‘बलबिरो भाभी’, ‘काहेर सिंह दी मौत’ जस्ता चलचित्रमा अभिनय गर्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?