नयाँ हिताची वासिङ मेसिन, रेफ्रिजेरेटर र कुकर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । युनिभर्सल इलेक्ट्रोकम प्रालि नेपालका लागि हिताची होम अपलायन्सको आधिकारिक वितरकले थप चारवटा विशेष होम अपलायन्सका उत्पादन नेपाली बजारमा ल्याएको छ । हिताचीका नयाँ उत्पादनको उद्घाटन संयुक्त रूपमा अर्सेलिक हिताचीका एक्सपोर्ट सेल्स हेड एल्भिन थाम, युनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीले गरेका थिए ।

कम्पनीले नवप्रवर्तन र ग्राहकको खुसीका लागि आफ्नो प्रतिबद्धता जनाउँदै नवीन प्रविधियुक्त दुर्ई वासिङ मेसिन, एक डबल-डोर फ्रिज र राइस कुकरसहित चार नयाँ उत्पादन ल्याएको हो । वासिङ मेसिन नयाँ अनावरणको मुख्य आकर्षण रहेको छ । प्रयोगकर्तामैत्री डिजाइनका साथमा उन्नत प्रविधिको संयोजनसहितको सुविधा समावेश गरिएको छ ।

वासिङ मेसिन दुई मोडल आठ केजी र नौ केजी क्षमताका रहेका छन् । साथमा स्टिम फंसन, ट्याङ्गल-फ्री फिनिस डिजाइन र एड गार्मेन्ट ड्युरिङ वास सुविधा रहेको छ । त्यस्तै, हिताची डबल-डोर फ्रिज मोडलको आधुनिक रेफ्रिजरेसनले खाना लामो समयसम्म ताजा र स्वादिष्ट राखेर खाद्य संरक्षणलाई पुनः परिभाषित गर्छ । रेफ्रिजरेटर दुई सय ७५ लिटर क्षमतामा रहेको छ ।

त्यसैगरी आठ सय वाटको राइस कुकरमा १.८ लिटर क्षमता रहेको छ भने कुकरमा रहेको थ्रिडी हिटिङ एलेमेन्टले जुनसुकै बेला चामल पाक्ने सुनिश्चित गर्छ । १२ घण्टासम्म खाना तातिरहने विशेषताले खानालाई दिनभर तातो र ताजा राख्छ भने १.५ मिमी नन–स्टिक भित्री भाँडोले खाना पस्किन र सरलताका साथ सफाइ गर्न मद्दत गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?