नेदरल्याण्ड्स फिफा विश्वकपको क्वाटरफाइनलमा

Read Time = 2 mins

सिड्नी । उपाधि दावेदार नेदरल्याण्ड्स फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको प्रि-क्वाटरफाइनलमा दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै डच टोलीले अन्तिम आठको यात्रा तय गरेको हो । नेदरल्याण्ड्सको जितमा जिल रुड र लिनेथ विरेन्सटाइनले गोल गर्नुभयो । पहिलो हाफमै दुई महत्वपूर्ण खेलाडी गुमाएपछि दक्षिण अफ्रिका समस्यामा पर्दा नतिजा नै सुम्पन पुग्यो ।

अष्ट्रेलियाको सिड्नीस्थित सिड्नी फुटबल स्टेडियममा आइतबार भएको खेलको नवौँ मिनेटमा जिल रुडको गोलबाट डच टोलीले सुरुवाती अग्रता लिन सफल भयो । उहाँले हेडरमार्फत् सुन्दर गोल गर्नुभएको थियो ।

५४औँ मिनेटमा नेदरल्याण्ड्सकी लेकी मार्टिनले गोल गरे पनि भिएआरबाट अफसाइड ठहरिँदा गोलले मान्यता पाएन । ६८औँ मिनेटमा लिनेथ विरेन्सटाइनले लेकीको पासमा गोल गर्दै नेदरल्याण्ड्सको सहज जित पक्का गर्नुभयो । योसँगै विश्वकप फुटबलको इतिहासमा पहिलोपल्ट प्रि-क्वाटरफाइनलमा पुगेको दक्षिण अफ्रिका भने घर फर्किएको छ । अब नेदरल्याण्ड्सले क्वाटरफाइनलमा स्पेनसँग खेल्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?