राष्ट्रिय सभा बैठकमा मिटरब्याज सम्बन्धी विधेयक टेबल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय सभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक, २०८०’ टेबल भएको छ ।

बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा गत असार ३१ गते प्रतिनिधि सभाबाट पारित भएको विधेयक टेबल भएको हो । राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विधेयक टेबल गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाले पारित गरी सन्देशसहित प्रतिनिधि सभामा पठाएको ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक, २०८०’ प्रतिनिधि सभाबाट पारित गरी फिर्ता पठाएको सन्देश प्राप्त भएको छ । अध्यक्ष महोदयको अनुमतिले सन्देशको व्यहोरा सभा समक्ष जाकारी गराउँछु । २०८० साल असार ३१ गते आईतवार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक, २०८०’ लाई सभाले स्वीकार गरेको संशोधनसहित पारित गरेकाले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १३३ को उपनियम ५ बमाेजिम सभाले स्वीकार गरेको उक्त संशोधनप्रति यसैसाथ राखि सन्देशसहित विधेयक फिर्ता पठाएको अनुरोध गर्दछु । सम्माननीय अध्यक्ष महोदय, राष्ट्रिय सभा नियमावलीको नियम १२३ को उपनियम १ बमोजिम उक्त सन्देश यस सम्मानित सभा समक्ष टेबल गर्दछु ।’

राष्ट्रिय सभाबाट आज नै यो विधेयक पारित गर्ने तयारी छ । सभाबाट पारित भएपछि राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो विधेयक ऐनको रुपमा लागू हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?