स्व पुष्पमान श्रेष्ठको स्मृति दिवशमा काजिमानमा परिचर्चा कार्यक्रम

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । सिन्धुपाल्चोकमा जन्मेर स्याङ्जा जिल्लालाई कर्मथलो बनाउनुभएका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका स्व. पुष्पमान श्रेष्ठको आज स्मृति दिवस कार्यक्रम मनाइएको छ । काजिमान हरिटीका माध्यमिक विद्यालयमा स्व. पुष्पमान श्रेष्ठको ९५ औँ जन्मोत्सव तथा स्मृति दिवस कार्यक्रम आज एक कार्यक्रमका बिच मनाइएको हो । पुष्पमान श्रेष्ठको सम्झनामा पुष्प–चन्द्र ट्रष्टद्वारा आयोजित उक्त कार्यक्रममा स्व. श्रेष्ठको योगदानको चर्चा परिचर्चा गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य सीता सुन्दासले स्व. श्रेष्ठ राजनीति शिक्षा तथा सामाजिक क्षेत्रमा परिवर्तनका लागि लड्ने अथक योद्धा रहेको बताउनुभयो । उहाँले समाज रुपान्तरणमा र शिक्षाको क्षेत्रमा पनि नयाँ गर्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुष्पमान श्रेष्ठमा स्वार्थ थिएन । उहाँले जनताको हित कसरी हुन्छ भनेर सोच्नुहुन्थ्यो । पदमा बसेर पनि उहाँले कहिल्यै नराम्रो गर्नुभएन ।’

कार्यक्रममा बोल्दै पुतलीबजार नगरपालिकाकी निवर्तमान मेयर सीमाकुमारी क्षेत्रीले पुष्पमान श्रेष्ठ क्रान्तिकारी निडर स्पष्ट र साहसी व्यक्ति भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुष्पमान श्रेष्ठ कहिल्यै लोभलाल्चामा नफँस्नुभएको निष्कलङ्कित व्यक्ति हुनुहुन्थ्यो । उहाँले जीवनभर त्याग मात्रै गर्नुभयो । उहाँ सबैको लागि प्रेरणादायी व्यक्तिका रुपमा चिनिनुहुन्छ ।’

कार्यक्रममा पुष्प–चन्द्र ट्रष्टका अध्यक्ष महेन्द्रमान व्यथित, कोषाध्यक्ष ओमप्रकाश शर्मा लगायत ट्रष्टका सदस्यहरुले पुष्पमान श्रेष्ठको योगदानको चर्चा गर्नुभयो । त्यस्तै कार्यक्रममा ट्रष्टका सदस्य तथा पुष्पमान श्रेष्ठका छोरा अनन्तमान श्रेष्ठ, मनिन्द्र मान श्रेष्ठ अतिथिहरु लोकराज शर्मा, पूर्व मेयर जयनारायण श्रेष्ठ लगायतले पुष्पमान श्रेष्ठले जीवनभर अरुको सेवा गरेर नै जीवन बिताएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा पुष्प–चन्द्र ट्रष्टद्वारा रु २५ हजार सहयोग रकम विद्यालयका अध्यक्ष ई.अनुप श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो साथै उक्त ट्रष्टमा रु १ लाख ५१ हजार राशिको मौजुदा अक्षयकोष रहेकोमा उक्त कार्यक्रममा रु ५० हजार थप गरी रु २ लाख १ हजारको अक्षयकोश स्थापना गरिएको छ ।

काजिमान हरिटीका माध्यमिक विद्यालयका अध्यक्ष ई.अनुप श्रेष्ठ, शिक्षक अभिभावक सङ्घका अध्यक्ष रामचन्द्र गिरी लगायतले बोल्नुभएको उक्त कार्यक्रममा प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरुलाई ट्रष्टका तर्फबाट पुरस्कार वितरण गरिएको थियो ।
कक्षा ९ का विद्यार्थी विशाल ढकालको सभापतित्वमा भएको उक्त स्मृति दिवश कार्यक्रमको सञ्चालन कक्षा १० का छात्र मनिस कुमालले गर्नुभएको थियो भने स्वागत कक्षा ९ का प्रोमिस ढकालले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?