काठमाडौं । देशको अग्रणी रिटेल चेन भाटभटेनी सुपरमार्केटको २७औँ आउटलेट झापाको दमकमा खुलेको छ । कम्पनीले बुधबार दमकमा भाटभटेनी सुपरमार्केट उद्घाटन गरेको हो । सुविधाजनक सुपरमार्केटमा किनमेल गर्ने दमकबासीको चाहनालाई सम्मान गर्दै सेवा विस्तार गरिएको भाटभटेनीले जनाएको छ । उद्घाटनका दिन हरेक सामानमा विशेष छुट दिइएको छ ।
ग्राहकको सन्तुष्टि, हाम्रो लक्ष्य भन्ने नाराका साथ अघि बढेको भाटभटेनी सुपरमार्केट देशभरका ग्राहकले रुचाएको किनमेल गन्तव्यमा पर्छ । भाटभटेनीमा घरायसी आवश्यकताका सबै सामान पाइन्छन् । संघीय राजधानी रहेको काठमाडौं उपत्यकामा दर्जनभन्दा बढी सुपरमार्केट सञ्चालन गरिरहेको भाटभटेनीका सुपरमार्केट देशका सबैजसो प्रमुख शहरमा खुलिसकेका छन् ।
सन् १९८४ मा काठमाडौंको भाटभटेनीमा करिब एक सय २० वर्गफिटको एउटा सटरमा सीमित कोल्डस्टोरबाट खोटाङमा जन्मनुभएका मीनबहादुर गुरुङले सुरु गर्नुभएको भाटभटेनी यतिबेला रिटेल सेक्टरको सबैभन्दा ठूलो करदाताका रूपमा अगाडि आएको छ भने करिब पाँच हजारजना पूर्णकालीन कर्मचारी रहेका छन् ।
सुपरमार्केटमा दैनिक आठ करोड रुपैयाँ हाराहारीको कारोबार हुने गरेको छ भने देशभरका भाटभटेनी सुपरमार्केटमा दैनिक सबा लाखजति ग्राहक पुग्ने गरेको भाटभटेनीको दाबी छ । नेपालमा डिपार्टमेन्टल स्टोर संस्कृतिको विकासमा समेत अग्रणी योगदान रहेको भाटभटेनी सुपरमार्केटमा ताजा तरकारी र फलफूलदेखि अन्तर्राष्ट्रिय ब्राण्डसमेत गरी एक लाख ५० हजार थरी सामान पाइने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच