मदनकृष्ण, सरिता र रोजीको स्वरमा ‘ज्वरा ज्वरा पर्सि’

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । विशिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठ र गंगाबहादुर मालीको रचना रहेको नेपाल भाषाको गीत ‘ज्वरा ज्वरा पर्सि’ (जोडा जोडा फरिया) सार्वजनिक भएको छ । विशिष्ठ कलाकार एवं गायक श्रेष्ठको साथमा सरिता शाही र रोजी डंगोल श्रेष्ठको संयुक्त स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

रामकृष्ण खड्गीको निर्देशन रहेको गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठका साथमा वरिष्ठ अभिनेत्रीद्वय बसुन्धरा भुसाल र सूर्यमाला शर्मा खनालले अभिनय छ । मह जोडीका ‘ह’ यानि विशिष्ठ कलाकार एवं गायक हरिवंश आचार्यको प्रमुख अतिथ्यतामा भएको गीत सार्वजनिक कार्यक्रममा विशेष अतिथिका रूपमा वरिष्ठ निर्देशक, कवि, लेखक, रेडियोकर्मी प्रकाश सायमी रहनुभएको थियो । उहाँले यो भिडियोले नेपालभाषाको गीतसंगीत क्षेत्रमा एउटा मानक कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गोपालकृष्ण महर्जनको प्रस्तुतिका रूपमा निर्माण भएको भिडियोको निर्देशन र परिकल्पना रामकृष्ण खड्गीले गर्नुभएको हो । गोपालकृष्ण महर्जनको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गायिका रोजी डंगोलले स्वागत मन्तव्य राख्नुभएको थियो । गीत र भिडियो बारे गायक तथा अभिनेता मदनकृष्ण श्रेष्ठ र भिडियोका निर्देेशक रामकृष्ण खडगीले बोल्नुभएको थियो ।

यस्तै, कार्यक्रमा कलाकार सूर्यमाला शर्मा, नेवाः म्युजिक भिडियोका प्रथम निर्देशक विजयरत्न ‘असंबर’लगायतले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।

लुजः सिंहको छायांकन, बालकृष्ण बंशीको सम्पादन रहेको भिडियोमा संजीवरत्न शाक्यको कलरिङ छ । हरिशरण सायमिले रेकर्डिङ र जिवित जल्मीले म्युजिक एरेन्ज गर्नुभएको भिडियोका लागि शृंगार बिन्दिरा श्रेष्ठले गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?