लघुवित्त पीडितको गुनासो सुन्दै राष्ट्र बैंक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तसम्बन्धी गुनासो भए गुनासो सुनुवाइ डेस्कमा खबर गर्न सूचित गरेको छ । राष्ट्र बैंकले सूचना प्रकाशित गर्दै ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका ऋणीको गुनासो सुनुवाइका लागि छुट्टै डेस्क स्थापना गरेको जानकारी गराउँदै लघुवित्तसम्बन्धी गुनासो भए टिपाउन सूचित गरेको हो ।

लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको पाइएमा पनि खबर गर्न भनेको छ । तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायत जुनसुकै गुनासो टिपाउन सकिने केन्द्रीय बैंकले जनाएको छ । गुनासो टिपाउन पैसा तिर्नुनपर्ने फोन नम्बर १८१०५००००२२ सार्वजनिक गरेको छ । त्यस्तै, अनलाइन पोर्टलमार्फत् पनि जानकारी दिन सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?