सर्लाहीका मुस्लिम समुदायले मनाए मोहरम

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । मुस्लिम समुदायले आफ्नो महान पर्व मोहरम हर्षोउल्लासपूर्वक मनाउँदै छन् ।

जिल्लामा मुस्लिम समुदायको बसोवास रहेको मलङ्गवा, लक्ष्मीपुर, बयलवास, सुन्दरपुर, भाडसर, खुटौना, चक्रघट्टा, हरिवनलगायतका स्थानमा धुमधामसँग मोहरम पर्व मनाउन लागिएको हो । मुस्लिम समुदायले मोहरम अर्थात् दाहा पर्व हातहतियार प्रदर्शन गरी मनाउने गर्छन् ।

जिल्ला सुरक्षा समिति सर्लाहीले दुई दिनअघि गएको बिहीबार नै एक सूचना जारी गरी मोहरम पर्व सामाजिक सद्भाव कायम हुने गरी मनाउन अपिल गरिसकेको छ । पर्व मनाउने क्रममा कार्यक्रमहरु गर्दा मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको संरक्षण र सामाजिक सद्भाव कायम गरी पर्व मनाउन हुन सबैमा अनुरोध गरिएको छ । यस पर्वलाई लक्षित गर्दै जिल्लाभर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । जिल्लाभरका प्रहरी युनिटले गस्ती बढाएका छन् ।

सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले विगतका वर्षमा असहज स्थिति सिर्जना भएका स्थानमा प्रहरी तैनाथ भइरहेका जानकारी दिनुभयो । जिल्ला प्रहरीले संवेदनशील स्थलहरुमा डीएसपी र इन्स्पेक्टरलाई कमाण्डरका रुपमा खटाउँदै छ । डीएसपी थारुका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका इलाकामा आज प्रहरी टोली तयारी अवस्थामा रहने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?