नेत्रविक्रम चन्दलाई हामीले बोलाएका हौँ, मिडियाले हाइलाइट गरे : जनार्दन शर्मा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले पार्टीमा नेत्रविक्रम चन्दलाई स्वीकार्न गाह्रो नभएको बताउनुभएको छ ।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले चन्दलाई पार्टीमा फर्किनु आफैँले भनेको भन्दै यसमा कुनै नौलो कुरा नभएको बताउनुभएको हो । उहाँले चन्दलाई पार्टीमा ल्याउने कुरा सञ्चारमाध्यमहरुले हाइलाइटको विषय बनाएको बताउनु भयो । सांसद शर्माले जनताले बुझ्नेगरी लोकतान्त्रिक प्रक्रियाबाट बैठक सञ्चालन गर्न पार्टी केन्द्रिय कमिटीको बैठक लाइभ गर्न लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनताले बुझ्नेगरी लोकतान्त्रिक प्रक्रियाबाट गर्नुपर्छ नि त । सबै पार्टीले क्रमशः गर्दै जाने कुरा छ । त्यसैले काम गर्ने सदस्यले के काकम गरेको छ, तलसम्म थाहा हुन्छ । आज पनि सिंगो पार्टी एक ठाउँमा छ । विप्लवलाई आउनु भनेकै छौँ, मिडियाले हाइलाइट गर्नुभएको कुरा मात्रै हो । बैठक १७ गतेदेखि शुरु हुन्छ । बैठकमा सबै केन्द्रिय सदस्यले बोल्नुहुन्छ ।’

सांसद शर्माले केन्द्रिय कमिटीको बैठक साउन १७ गतेदेखि शुरु हुने र सबै केन्द्रिय सदस्यले बोल्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?