हतियारसहित पक्राउ परेका मानिस छुटाउन प्रहरीमाथि आक्रमण

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 1 min

बारा । बारामा हतियारसहित पक्राउ परेका एक जना व्यक्तिलाई छुटाउन स्थानीयले प्रहरी माथि आक्रमण गरि उम्काउन सफल भएका छन् ।

बाराको जितपुर सिमरा उमहानगरपालिका वडा नम्बर १६ टांगिया बस्तीका स्थानीयले मंगलबार विहान प्रहरी माथि आक्रमण गरि भरुवा बन्दुकसहित पक्राउ परेका ३५ वर्षीय सागर लामालाई उम्काउन सफल हुन् ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउण्ड हवाइफायर गरेको प्रहरी निरीक्षक जयकिशुन कुर्मीले जानकारी गराउनुभयो ।

स्थानीयको आक्रमणमा परि बरिष्ठ प्रहरी नायब निरीक्षक पदमबहादुर शाही र प्रहरी सहायक बलराम गिरी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मंगलबार विहान लामाको घरमा छापामारी भरुवा बन्दुक, बन्दुकको छर्रा, बारुद, जंगली जनावरको दातसहितका सामान बरामद गरेर ल्याउने क्रममा स्थानीयले प्रहरी माथि आक्रमण गरी लामालाई भगाएका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?