वडा कार्यालय बन्द हुँदा सेवाग्राही मारमा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–१० को वडा कार्यलय बन्द भएको छ । गत मङगलबारदेखि वडा कार्यालय लगातार बन्द हुँदा वडाबाट सेवा लिनेहरू मार्कामा परेका छन् ।

दिनको १ बजे समाचार रिपोर्टिङका लागि त्यहाँ पुग्दा सेवाग्राही वडा कार्यालय बाहिर भरिभराउ भइसकेका थिए । सोही वडाका स्थानीय मुनिराम थापा दुर्गमको सिफारिस लिन घण्टौं पैदल यात्रा गरेर कार्यालय आउनुभएको थियो । कार्यलय बन्द भएको जानकारी पाउँदा उहाँ निराश देखिनुभयो । तीन दिनअघि आउँदा पनि रित्तो हात फर्केको बताउनहुने थापा आज पनि खाली हात फर्कने अवस्था आएको प्रतिक्रिया दिनुभयो ।

वडा अध्यक्ष मुनबहादुर थापा काम विशेषले सुर्खेत जानुभएको छ । कार्यालय सचिव जानकी महत माइतीघरमा जानुभएको बुझिएको छ । कार्यालय सहयोगी नेत्र राना वडा कार्यालयभन्दा तीन घण्टाको दूरी तल रानावडा घरायसी कामका कारण कार्यालय आउन नसक्ने बताउनुभयो । वडासचिव महतले १५ दिन घर बिदा र पाँच दिन परीक्षा भएको बताउँदै जुम्ला जानू भएका सेवाग्रहीको भनाइ छ ।

आर्थिक वर्ष सकिएसँगै सचिव, अध्यक्ष र कार्यालय सहयोगीहरू बिदामा बस्ने गरेको स्थानीयको भनाइ छ। ३५ दिनभित्र जन्म दर्ता गराउनुपर्छ । लक्षमी बोहरा सुत्केरी भएको २० दिन पुगिसक्यो । छोरीको जन्म दर्ता गराउन आउनुभएको तर कार्यलय ६ दिनसम्म नखुलेका कारणले छोरीको नाममा खुल्ने प्रदेश सरकारको छोरी वचत खाता समेत खोल्न छुट्ने चिन्ता उहाँको छ । स्थानीय डल्ली थापा सुत्केरी भएको २५ दिन भइसकेको छ । अवको १० दिनसम्म वडा कार्यालय नखुले उहाँले जन्माएको छोरीको बैंक खाता छुट्ने उहाँको चिन्ता छ ।

वडा कार्यालय बाहिर सेवाग्राहीलाई सम्झाउँदै गर्नुभएका वडा सदस्य धर्मबहादुर रोकाया कसैले पनि आफुलाई खबर पनि नगर्ने र कार्यालयको चाबी समेत नदिने भएकाले कार्यालय खोल्न नसकिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?