माओवादीको बैठक लाइभ नहुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगर्ने भएको छ । यसअघि सो बैठक लाइभ गर्ने भनेको माओवादीको बुधबार बिहान बसेको केन्द्रीय सचिवालय र पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको हो ।

बैठकपछि कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बैठक लाइभ नहुने जानकारी दिनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ । ३८५ सदस्यीय केन्द्रीय समितिलाई ४०७ सदस्यीय बनाउने माओवादीको तयारी छ । यसका लागि केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेस गरिँदै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?