कोशीमा सभामुखबाट राजीनामा दिएका गौतम अर्थमन्त्री, अरू दुई मन्त्रीले लिए शपथ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापासँगै तीन जना मन्त्रीले शपथ लिनुभएको छ । सभामुखबाट राजीनामा दिनुभएका बाबुराम गौतम अर्थमन्त्री बन्नुभएको हो ।

गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो । कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिचाइँ तथा ऊर्जा मन्त्रालय र एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने हुनुभएको छ।

मंगलबार चार दलको समर्थनमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बन्नुभएको थियो ।

यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त हुनुभएका थापा सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नुभएको थियो। उक्त कदम संविधान विपरीत भन्दै सर्वोच्चले उहाँको नियुक्ति बदर गरिदिएको थियो।

त्यसपछि मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उहाँको समर्थनमा थापा मुख्यमन्त्री बन्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?