कल्याणकारी कोषबाट खेलाडीलाई आर्थिक सहयोग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । खेलाडीहरूका लागि आपत्विपद्मा सहयोग गर्ने उद्देश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत खेलाडीहरूलाई उपचार खर्च प्रदान गरेको छ । कोषका अध्यक्षसमेत रहनुभएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले उपचाररत विभिन्न तीन खेलाडीलाई उपचार खर्च रकमको चेक बुधबार हस्तान्तरण गर्नुभयो ।

उपचार रकम प्राप्त गर्ने खेलाडीहरूमा टेबल टेनिसकी सेलिशा खड्गी, टेबल टेनिसका चन्दन शाही र एथलेटिक्सकी अञ्जु खड्का रहनुभएको छ । क्यान्सर रोगको उपचारमा रहनुभएकी खड्गीका दाजुलाई दुई लाखको चेक हस्तान्तरण गरिएको थियो ।

उहाँ भारतमा उपचाररत हुनुहुन्छ । यस्तै, शारीरिक अस्वस्थताका कारण ट्रमा सेन्टर वीर अस्पतालमा उपचाररत चन्दन शाहीलाई एक लाखको चेक हस्तान्तरण गरियो । यसैगरी स्कुटर दुर्घटनामा पर्नुभएकी एथलेटिक्सकी अञ्जुलाई एक लाखको चेक हस्तान्तरण गरियो । अञ्जु केएमसी हस्पिटलमा उपचाररत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?