कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कामना सेवा विकास बैंकको खुद नाफा २६.९३ प्रतिशत ले घटेर ४३ करोड ११ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले ५९ करोड ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी ८.६५५ ले बढेर २ अर्ब १६ करोड ५० लाख ३० हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि सञ्चालन नाफा घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा यस बैंकको खुद नाफा प्रभावित भएको हो । सञ्चालन नाफा २०.०५ प्रतिशतले घटेर ६९ करोड १५ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष २८ करोड ४१ लाख २७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ५० करोड ३ लाख ६२ हजार रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा ५ करोड ८० लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ ।

यता, कामना सेवा विकास बैंकको लाभांश वितरण गर्ने क्षमता १.७७ प्रतिशत छ । असार मसान्तसम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६४ पैसाले घटेर १३ रुपैयाँ १४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?