‘एनएमबी कप अन’ अन्तरस्कुल फुटबल प्रतियोगिता हुने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ‘एनएमबी-कप अन’ अन्तरस्कुल यू-१४ फुटबल प्रतियोगिता यही साउन महिनाको २४ गतेदेखि २६ गतेसम्म हुने बुढालनीलकण्ठ नगरपालिका-१० स्थित कपनमा रहेको ‘कप अन स्पोर्ट्स’ सेन्टरमा हुने भएको छ ।

इन्डोर फुटबल ग्राउन्डमा तीन दिन सञ्चालन हुने यू-१४ फुटबल प्रतियोगिताका लागि आयोजक ‘कप अन स्पोर्ट्स’ सेन्टरले बुधबार एनएमबी बैंकसँग प्रायोजन सम्झौता गरेको छ । सम्झौता-पत्रमा ‘कप अन स्पोर्ट्स’ सेन्टरका प्रमुख कार्यकारी अधिकृत दामोदर (बद्री) भट्टराई र एनएमबी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गर्नुभयो । ‘कप अन स्पोर्ट्स’ सेन्टरले आफ्नै इन्डोर फुटबल ग्राउन्ड (बालुवाखानी, कपन) सहित राजधानीका विभिन्न स्थानमा युवा खेलाडी उत्पादनका लािग काठमाडौं किकर्स फुटबल एकेडेमी सञ्चालन गरिरहेको छ ।

‘कप अन स्पोर्ट्स’ सेन्टरका प्रमुख कार्यकारी अधिकृत भट्टराईले भन्नुभयो, ‘ग्रासरुट फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसमा साथ दिएकोमा देशकै अग्रणी वित्तीय संस्था एनएमबी बैंकलाई धेरै-धेरै धन्यवाद । हाम्रो सहकार्यले सानै भए पनि नेपाली फुटबलमा खेलाडी उत्पादनका लागि सहयोग पुग्ने विश्वास गरेका छौं ।’ उहाँ अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव पनि हुनुहुन्छ ।

आयोजक ‘कप अन स्पोर्ट्स’ सेन्टरले प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा विद्यालयका छात्रको टिम ‘एनएमबी कप अन’ अन्तर स्कुल यू-१४ फुटबल प्रतियोगितामा सहभागी हुने जानकारी गराएको छ । प्रतियोगिता लिगकम नक आउटका आधारमा हुनेछ । उपाधि विजेता, द्वितीय, तृतीय हुने टिमसहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई पुरस्कार प्रदान गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?