अख्तियारद्वारा लेखा अधिकृत ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध दुई लाख रुपैयाँ बिगो दाबी गर्दै शुक्रवार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ढकाललाई नगरपालिका तथा वडा कार्यालयमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग दुई लाख घुस लिइरहेको अवस्थामा असार २२ गते पक्राउ गरिएको थियो ।

ढकालले नगरपालिका र वडा कार्यालयमा विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग दुई लाख घुस लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?