जर्मनी समूह चरणबाटै बाहिरियो

Read Time = 2 mins

लण्डन । दुई पटकको विश्व विजेता जर्मनी महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूहको अन्तिम खेलमा दक्षिण कोरियासँग एक-एकको बराबरीमा रोकिएसँगै जर्मनी विश्वकपको नकआउट चरणमा पुग्न असफल भयो ।

जर्मनीलाई बराबरीमा रोकेपनि कोरिया समेत समूहको पुछारमा रहँदै घर फर्कियो । खेलको छैटौं मिनेटमा चो सु हृयुनले दक्षिण कोरियालाई अग्रता दिलाउनुभयो । जर्मनीकी कप्तान एलेक्जेन्ड्रा पोप्पले ४२औं मिनेटमा बराबरी गोल फर्काउनुभयो । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

यो समूहबाट मोरक्को र कोलम्बिया नक आउट चरणमा पुगेका छन् । मोरक्कोले नक आउट चरणमा पुग्ने क्रममा कोलम्बियालाई १-०ले हरायो । यो नतिजापछि दुवै टिमको समान ६ अंक भए पनि कोलम्बिया समूह विजेता भयो भने मोरक्को उपविजेता भयो । जर्मनीले दक्षिण कोरियालाई हराउन नसकेको फाइदा मोरक्कोलाई भयो ।

समूह चरणको पहिलो खेलमा जर्मनीसँग ६-०को हार व्यहोरेको भए पनि मोरक्को पहिलो सहभागितामै विश्वकपको नकआउट चरणमा पुग्न सफल भयो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?