परिणाममुखी काम गर्न शहरीमन्त्रीको निर्देशन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले कर्मचारीलाई परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ । शुक्रबार शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको २०७९/०८० को वार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८०/८१ को वर्षिक कार्यक्रम कार्यान्वयनसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उहाँले आयोजनाका प्रमुखहरूलाई यस्तो निर्देशन दिनुभएको हो । आयोजना, विभाग र मन्त्रालयको समन्वयको काम प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता जनाउँदै मन्त्री गुरुङले अन्तरमन्त्रालयको समन्वयको कामलाई पनि उच्च प्राथमिकता दिइने बताउनुभयो ।

मन्त्रालयले गत आर्थिक वर्षमा अपेक्षाअनुसार पुँजीगत खर्च गर्न नसकेको भन्दै उहाँले चालु आर्थिक वर्ष भने लक्ष्यअनुसारको पुँजीगत खर्च बढाउन आयोजनाका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले रुग्ण आयोजनामा अब धेरै अलमलिन नहुने भन्दै काम नगर्ने निर्माण व्यवसायीसँग ठेक्का तोडेर अघि बढ्न निर्देशन दिनुभयो । शहरी विकास तथा भवन निर्माण विभागले गत आर्थिक वर्षमा ३८ अर्ब ९५ करोड ७९ लाख चार हजार विनियोजन भएकोमा ५९ प्रतिशत वित्तीय र ६५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्ष विभागका लागि २९ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?