सुखं नास्ति विना धर्म : तस्मात् धर्मपरो भवः

Read Time = 16 mins

स्वधर्मे निधनं श्रेय, पर धर्मो भयावहः । अर्को धर्म स्वीकार गर्नुभन्दा मर्नु उत्तम हो भनेर गीतामा भनिएको छ । धर्म एवं हतोहन्ति धर्मो रक्षति रक्षितः, तस्माद्धर्मो न हन्तव्यो मा नो धर्मोहतोकभवित् । जसले धर्मको नाश गर्छ धर्मले उसको नाश गर्छ । जसले धर्मको रक्षा गर्छ, धर्मले उसको रक्षा गर्छ । त्यसैले मरेको धर्मले कहिल्यै हामीलाई नमारोस्, यो भयले धर्मको हनन् वा त्याग गर्न हुँदैन । यहाँ सनातन धर्मको कुरा गरिएको छ । अहिले मेचीदेखि महाकालीसम्म जताततै मन्दिरहरू अगाडि चर्च बनाउने काम तीव्रगतिले बढिरहेको छ जसलाई राज्यले पनि साथ दिइरहेको छ ।

स्थानीय निकायहरूले द्वन्द्व निम्त्याउन चर्च बनाउन आर्थिक सहयोगसमेत गरिरहेका छन् । जातीय, भाषिक, धार्मिक युद्ध निम्ताउन राज्यले विदेशी शक्तिकेन्द्रहरूको चाहना अनुसार नागरिकता कानुन, विभिन्न धार्मिक र जातीय आयोग खोली धार्मिक तथा जातीय द्वन्द्व, ख्रिष्टान धर्मको प्रचार र चर्च निर्माणमा स्थानीय सरकारसमेतको सहयोग, नेपाली भाषालाई बिगार्ने काम, ख्रिष्टानीकृत शिक्षा पद्धति र संस्कार, देशलाई ककाल पार्ने गरी भ्रष्टाचार, भएका उद्योग बेचेर युवाहरूलाई श्रमदास बनाएर विदेश निर्यात आदि कार्यहरूको माध्यमबाट असफल राष्ट्रमा परिणत यो राष्ट्रको पतन गराउन दत्तचित्त भई राज्य लागेको छ । २०६३ सालपछि राज्य बाहृय रूपमा नरम देखिए तापनि भित्री रूपमा सनातन धर्मप्रति आक्रामक भइरहेको छ ।

व्यक्तिगत तथा परिवारको स्वार्थका लागि हाम्रा नेताहरूको बुद्धि भ्रष्ट भएको छ । बुद्धि भ्रष्ट भएपछि ती नेताहरू मात्र न भएर पूरै देशको अस्तित्व पनि संकटमा पर्ने कुरा अवश्याम्भी हुन्छ । यदि कसैले यो देशलाई बचाउन सक्छ भने उनी श्री पशुपतिनाथले सक्नेछन् । आयुर्वेद शास्त्रको महान् ग्रन्थ चरक लेख्ने महर्षि पुनर्वसु आफ्नो अद्वितीय ग्रन्थ लेखिसकेपछि अरण्य क्षेत्र भएर गइरहेका थिए । घना वनको गोरेटोबाट उनी अगाडि बढिरहेको थिए, पछाडि थिए उनको शिष्य अग्निवेश ।

एक्कासि पुनवर्सु उँभिए । अगाडि हेरे, तलमाथि चारैतिर हेरे र भने महाविनाश आउँदैछ । अग्निवेशले सोधे, कस्तो महाविनाश गुरुदेव ? म देखिरहेको छु जल बिग्रिरहेको छ, वायु, ताराहरू, आकाश, चन्द्र, सूर्य सबै बिग्रिरहेका छन् । अनाजले आप्mनो शक्ति त्याग्नेछ, औषधिहरूले आफ्नो प्रभाव त्याग्नेछन्, पृथ्वीमा टूटेका ताराहरू खस्नेछन् विनाश गर्ने हुरी चल्नेछ, विनाशकारी भूकम्प आउनेछ, ठूलठूला आग्नेयास्त्र खस्नेछन् । महाविनाशको महाताण्डव नाच्नेछ । मानिस बाँच्ने छैनन् ।

बुद्धि भ्रष्ट हुनु नै सबै रोगको कारण हो र आज हाम्रो देशका नेताहरू सत्तास्वार्थमा बुद्धि भ्रष्ट भएका छन् । बुद्धि भ्रष्ट हुँदा केवल शारीरिक रोगमात्र लाग्दैन सामाजिक, राजनीतिक, आर्थिक तथा आत्मिक सबै रोग उत्पन्न हुन्छ । त्यसैले भनिन्छ विनाशकाले विपरीत बुद्धि ।

यो कथा चरकको विमान स्थानको तेस्रो अध्यायमा आउँछ । अग्निेवेशले जब यो भविष्यवाणी सुने, उनले हात जोडेर भने, गुरुदेव हजुर यो भयभीत गर्ने गाथा किन सुनाइरहनुभएको छ ? सबै रोगको निदान गर्ने ग्रन्थ हजुरले लेख्नुभएको छ, संसारको सबै रोगका उपचार हजुरले लेखिदिनु भएको छ, फेरि पनि यो महाविनाश कसरी आउनेछ ? महर्षि पुनर्वसुले भने, किनकि मानिसहरू धर्मलाई छाडेर अधर्मतिर लागिरहेका छन् र सत्यलाई त्यागेर असत्यतिर । सत्य र धर्ममा रुचि रहनेछैन । अग्निेवेशले सोधे, धर्म र सत्यप्रति मनुष्यको रुचि न रहनुको कारण के होला गुरुदेव ? पुनर्वसुले भने, बुद्धि भ्रष्ट हुनु नै यसको कारण हुनेछ । जब बुद्धि भ्रष्ट हुन्छ, तब ऊ सत्यको मार्ग छोडेर असत्यतिर अगाडि बढ्छ, त्यसपछि धर्ममा रुचि रहँदैन ।

बुद्धि भ्रष्ट हुनु नै सबै रोगको कारण हो र आज हाम्रो देशका नेताहरू सत्तास्वार्थमा बुद्धि भ्रष्ट भएका छन् । बुद्धि भ्रष्ट हुँदा केवल शारीरिक रोगमात्र लाग्दैन अपितु सामाजिक, राजनीतिक, आर्थिक र आत्मिक सबै रोग उत्पन्न हुन्छ । त्यसैले भनिन्छ विनाशकाले विपरीत बुद्धि । गीतामा भगवान श्रीकृष्णले बुद्धि नाशात्प्रणश्यति भन्नुभएको छ । बुद्धिको नाश भए महानाश निम्तिन्छ । जुन हाम्रो देशको वर्तमान अवस्था छ ।

हामीलाई अहिंसा परमो धर्मः मात्र भनेर अधुरो श्लोक सिकाइएको छ तर हाम्रा शासकवर्ग जति छन् प्रायः सबै चरम हिंसाको मार्ग अपनाएर सत्तामा आएका छन् । यिनीहरूले नै हत्या हिंसामा लिप्त अपराधीहरूलाई राजनीतिक छाता ओढे उन्मुक्ति दिने कानुन बनाएका छन् । यसअघि अपराधीलाई मन्त्रिपरिषद्को निर्णयले राष्ट्रपतिले उनीहरू जघण्य अपराधलाई क्षमा दिँदै आएका छन् । हत्या हिंसाबाट आएकालाई कदापि यो देशको माया हुँदैन, त्यस्तालाई सत्मार्ग ग्राहृय हुँदैन । तर, उनीहरू कमजोर वर्ग र आफ्नाविरोधीलाई समाप्त पार्न कडा कानुन बनाउँछन् । धर्मको नाममा सर्वधर्म समभाव राख्ने विचार पोख्छन् तर सनातन धर्मलाई समाप्त पार्न म्लेच्छहरूलाई सहयोग गर्छन् । उनीहरू मन्दिर, तीर्थ धाउनु भोटको राजनीति हो वा मोदीको दबाब हो वा उनीहरू धर्मढोंगी हुन् ।

सनातन धर्मको रक्षा गर्न हिंसा आवश्यक छ भनेर हाम्रै शास्त्रले भन्छ । हामीलाई कमजोर पार्न अहिंसाको पाठ पढाउन माथिको श्लोक अधुरो पढाइन्छ । पूरा श्लोकले भन्छ, अहिंसा परमो धर्मः, धर्म हिंसा तथैव च । अहिंसा परम धर्म हो तर धर्मको रक्षाको लागि गरिने हिंसा, हिंसा होइन । नागरिकता कानुनद्वारा विदेशीहरूलाई नेपाली नागरिकता दिनु राष्ट्रप्रति हिंसा हो ? यहाँ कुनै यस्ता नेता छन् र, जसले पराईका सन्तानलाई आफ्ना सन्तान बनाएर लालनपालन, शिक्षादीक्षा, आफ्नो सम्पत्तिमा अंश दिएका छन् वा यी सबै कार्य गर्न तयार छन् ? कोही पनि छैनन् ।

उनीहरू सत् असत् तरिकाले जे जति सम्पत्ति जोड्छन आफ्नै सन्तानका लागि जोड्छन्, शिक्षादीक्षा पनि आफ्नै सन्तानलाई दिन्छन्, उनीहरूको प्रत्येक कुराको ध्यान आफ्नैमा दिन्छन् तर पराईका सन्तानलाई दिँदैनन् । जब पराईका सन्तानलाई अपनाएर उनीहरूको पूर्ण जिम्मेवारी लिन सकिँदैन भने विदेशी नागरिकलाई नागरिकता किन ? नेपालमा विदेशी कामदारको संख्या हेर्ने हो भने करिब चालीस लाख छन् तर खाडी, मलेशियामा गएका नेपाली कामदार असी लाख छन् । के कुनै नेताले सबै सुविधा आफ्नो सन्तानलाई नदिएर पराईका सन्तानलाई दिन सक्छन् ?

सनातन धर्मको उत्पत्तिस्थल यो हिमवत्खण्ड नेपाल हो, यो देवभूमि हो, यो ऋषिभूमि हो । तर, इसाई र इस्लाम जो धर्म होइन्, एउटा रिलिजन हो अर्को मजहब । यी दुवैको जन्मस्थल इजरायल हो । इसाई इजरायलबाट फैलिएर युरोपतिर लागेपछि विश्वभरि फैलिएको हो र इस्लाम इजरायलबाट निस्केर अरबमा फैलिन्छ र पछि विश्वभरि फैलिन्छ । दुवैले आफ्नो कथित धर्मलाई बलपूर्वक, नरसंहारद्वारा विश्वभरि फैलाएका थिए, जबकि सनातन धर्ममा धर्म परिवर्तन वा धर्मान्तरणको कुनै व्यवस्था नै छैन । सनातन धर्ममा नास्तिक पनि हुन पाइने छुट छ । यस्तो कुनै धर्ममा छ ? सनातन धर्मलाई मातासरी पूजिन्छ । धर्मो मातेव पुष्णानि धर्मः पातिपितेव च, धर्मः सखेव प्रीणाति धर्मः स्निहृयति बन्धुवत् ।

आफ्ना सन्तानलाई घरबाटै धार्मिक शिक्षा दिन सुरु गर्नुपर्छ । धार्मिक ग्रन्थहरू आफू पनि पढ्ने र सन्तानलाई पनि पढ्न लगाउने । मन्दिरलाई केन्द्र बनाएर, पुस्तकालय स्थापना गरेर, स्वाध्याय केन्द्र बनाएर, योग ध्यान शिविर सञ्चालन गरेर धर्मको सेवा तथा रक्षा गर्न सकिन्छ ।

सनातन धर्म माताले जस्तै हामीलाई पुष्ट गर्छ, पिताले जस्तै हाम्रो रक्षा गर्छ, मित्रले जस्तै खुशी दिन्छ र बन्धुबान्धव जस्तै स्नेह दिन्छ । तर, राज्यव्यवस्था र यसका अनुयायीहरूले सनातन धर्मलाई भित्रभित्रै शत्रुवत् व्यवहार गरिरहेका छन् । के हाम्रा नेतागणले आफ्ना मातापिता, परिवारजन, सखा, बन्धुलाई शत्रुसरह व्यवहार गर्न सक्छन् ? यो नेपाल भूमि धर्मस्थान हो । अन्जानमा गरेका पापहरूबाट मुक्ति धर्मस्थानमा गए हुन्छ तर धर्मस्थानमा गरेका पापहरूबाट मुक्ति पाइँदैन, यो बज्रलेप समान हो । अन्यस्थाने कृतं पापंं धर्मस्थाने विमुच्चते, धर्मस्थाने कृतं पापं वज्रलेपो भविष्यति ।

राज्यबाट अब सनातन धर्मको रक्षा हुँदैन । प्रायशः सबै नेताक्रिप्टो हिन्दू हुन् । यिनीहरूले गर्ने पूजापाठ, तीर्थाटन आदि सबै नाटक हुन् । पशुपतिमा केही काम गरेजस्तो गर्ने भित्रभित्र ख्रिष्टानको चिहान बनाउन पशुपति क्षेत्रमा दिने यी कस्ता सनातन धर्मावलम्बीहरू हुन् ? त्यसैले सनातन धर्मावलम्बीहरूले सिंगो राज्य र आइएनजिओलगायत म्लेच्छबाट सनातन धर्म बचाउन आफूबाटै सुरु गरौं ।

केवल ख्रिष्टानीकरणको विरोध गरेर धर्म रक्षा हुँदैन । यसका लागि सनातनीहरूले केही उपाय अवलम्बन गर्नुपर्छ । जस्तै जनजागरणका लागि मन्दिर र गुम्बा उपयुक्त स्थान हो । उसलाई धर्मप्रति रुचि बढाउन जनजागरणअभियान चलाउनुपर्छ । सामाजिक सञ्जालहरूमा मात्र लेखेर जनजागरण हुँदैन । मन्दिर र गुम्बालाई धर्मको शिक्षा दिने केन्द्र बनाउनुपर्छ । केवल पूजापाठ र देवीदेउताहरूको दर्शनले मात्र धर्मको पालन हुँदैन । सके मन्दिरहरूमा गुरुकुल खोल्ने व्यवस्था पनि गर्ने । मन्दिरका पुरोहित र अन्य आचार्यबाट कम्तीमा हप्तामा एकदिन सनातन धर्मसम्बन्धी प्रशिक्षणको व्यवस्था गर्नुपर्छ ।

आफ्ना सन्तानलाई घरबाटै धार्मिक शिक्षा दिन सुरु गर्नुपर्छ । धार्मिक ग्रन्थहरू आफू पनि पढ्ने र सन्तानलाई पनि पढ्न लगाउने । मन्दिरलाई केन्द्र बनाएर, पुस्तकालय स्थापना गरेर, स्वाध्याय केन्द्र बनाएर, चर्चा परिचर्चा बढाएर, योग ध्यान शिविर सञ्चालन गरेर धर्मको सेवा तथा रक्षा गर्न सकिन्छ । पुराणमात्र सुनाएर धर्म हुँदैन वेदको ज्ञान विज्ञानमाथि पनि चर्चा हुनुपर्छ । भोलि यहाँ पनि मणिपुरको जस्तै स्थिति आउन सक्ने सम्भावना भएकोले प्रत्येक मन्दिरले युवा शक्तिको विकास गर्नुपर्छ ।

योग ध्यान र युद्धकला बारे उनीहरूलाई ज्ञान दिनुपर्छ, ता कि समय आउँदा बलको प्रयोग गर्न सकियोस् । हामी कहाँ प्रायशः धेरै जना दलहरूका झोले र समर्थक रहेकाले सुरुमा यस महान यज्ञमा आउने संख्या कम हुन सक्छ, अल्पसंख्याबाटै यी कार्य सुरु गर्दै गए भोलिका दिनमा यसको विस्तार हुनेछ । इस्लामले शुक्रबार र ख्रिष्टानले शनि वा आदित्यबार धर्मका लागि समय दिन सक्छन् भने के हामी सनातनीहरूले आफ्नो धर्मको रक्षाको लागि एक दिन केही घण्टासमय दिन सक्दैनौं ? सुखार्थ सर्वभूतानां मताः सर्वाः प्रवृत्तयः । सुखं नास्ति विना धर्म तस्मात् धर्मपरो भवः ।। सबै प्राणीहरूको प्रवृत्ति सुखका लागि हुन्छ । विनाधर्मको सुख पाइँदैन, यसैले धर्मपरायण बनौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?