कम्युनिष्टहरूले आर्थिक विकास र गरिबी निवारणलाई आफ्नो प्रमुख राजनीतिक उद्देश्यको रूपमा राखेको हुन्छन् । दलाल पूँजीपतिहरूको हातबाट अर्थ ब्यवस्थालाई मुक्त गर्ने, राजनीतिक ब्यवस्थामाथि सर्वहाराको स्वामित्व स्थापित गर्ने, पुँजीवादको अन्तय गरेर सर्बहाराहरूको नेतृत्वमा, एकदलीय शासन व्यवस्था कायम गर्ने र यी सबै कार्य गरेर देशको आर्थिक विकास गर्ने, यही मुख्य अजेण्डा अघि सारेर देशका गरिब युवा, बेरोजगार, मजदुर, सर्वहारलाई आफूतिर आकर्षित गरी तिनीहरूलाई आफ्नो ज्यानको आहुति दिन प्रेरित तथा उत्तेजित गरे । नेकपा माओवादी केन्द्रका सशस्त्र संघर्षमा १७ हजार जति नेपालीले ज्यान गुमाए । माओवादी पार्टी सत्ता एवं सरकारमा सहभागी भएर पनि तिनको प्राथमिक्तामा केवल सत्ता नै हुनु दुर्भाग्यपूर्ण हो । आखिर कम्प्युनिष्ट शासनमा पनि गरिबी किन हटेन ?
कम्युनिष्टहरूले गरेका अनेक सानातिना आन्दोलनको उद्देश्य गरिबी निवारण नै थियो । झापाबाट भएको नक्सलवादी आन्दोलन होस् वा नेपालका अन्य क्षेत्रबाट भएको कम्युनिष्ट आन्दोलन होस्, नेपालको कम्युनिष्टहरूले गरेको हरेक हिंसा पूर्ण आन्दोलनको उद्देश्य गरीबी निवारण नै थियो । आर्थिक शोषणको अन्त्य थियो । आर्थिक विकास नै थियो । यी सबै कुरा हुँदाहुँदै नेपालका कम्युनिष्टहरूले नेपालको आर्थिक विकास किन गर्न सकेनन् । नेपालमा मनमोहन अधिकारी, पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव कुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई र केपी शर्मा ओली जस्ता कम्युनिष्ट नेताहरू देशका प्रधानमन्त्री पनि भइसकेका छन् ।
सर्वोच्च शासन व्यवस्थामा सर्वहाराहरूको नियन्त्रण हुनु भनेको के एउटै व्यक्ति सधैका लागि शक्ति र पदमा रहनु हो ? पुष्पकमल दाहाल नेकपा माओवादीका सर्वकालीन अध्यक्ष हुन् । उनी आजीवन अध्यक्ष हुने ठाउँमा छन् । त्यसैगरी उनी तीनपटक नेपालको प्रधानमन्त्री पनि भइसकेका छन् ।
पुष्पकमल दाहाल त भरसक तीन पटक र केपी शर्मा ओली पनि दुईपटक प्रधानमन्त्री भइसकेका छन् । मन्त्री र सांसद भइसकेकाहरूको फेहरिस्त त सैकडौमा छन् तर पनि आर्थिक विकास किन हुन सकेन ? नेपालमा उनीहरूको प्रयत्नमा किन गरिबी निवारण हुन सकेन ? यी प्रश्न प्रत्येक नेपालीले प्रत्येक कम्युनिष्ट पार्टी र हरेक कम्युनिष्ट नेता एंव कार्यकर्तालाई सोध्नुपर्छ । नयाँ नेपालका नारा दिने नेकपा माओवादीले नेपाली जनतालाई के दिए ? पढ्ने उमेरमा हजारौं युवाहरूलाई हात्तमा गुलेली र बन्दुक थमाएर लड्न-भिड्न लगाए, आज ती युवाहरूमध्ये अधिकांश घर-जग्गा धितो राखेर वैदेशिक रोजगारमा जान बाध्य भएका छन् ।
नेपालमा अहिले जस्तो चरम निराशा, नेपालको इतिहासमै कहिले भएको थिएन । यति ठुलो संख्यामा नेपालीहरू रोजगारका लागि विदेश गएका थिएनन् । युवाहरू जसको उमेर साह्रै कलिलो (१६ वर्षमात्र पुगेका) मा यति ठूलो संख्यामा विदेशतिर गएको उदाहरणर नेपालको इतिहासमा कहिले पनि देखिएको थिएन । यी युवाहरू अहिले अध्ययनको नाममा क्यानडा, अष्ट्रेलिया, ब्रिटेन र अमेरिका पुगेका छन् । कलेज र आवास खर्चको जोहो गर्न दैनिक १२ देखि २४ घण्टा अनेक स्टोरहरूमा काम गर्न बाध्य छन् । भोलिका दिनमा राम्रो होला भनेर युवाहरू आ-आफ्नो वर्तमानलाई न्यौछावर गर्न तयार छन् ।
अहिले नेपालमा गरिबी मात्रै छैन । देशमा चरम निराशा छ । चरम अस्थिरता छ । नेपालमा आफ्नो भविष्य असुरक्षित देखेर अन्धकारमय देखेर विदेशतिर लागिरहेका छन् । यस्तो अवस्था कुनै पनि देशका लागी घातक मानिन्छ । नेपालमा चरम निराशा उत्पन्न गराउनमा नेपालका कम्युनिष्टहरू र सिद्धान्तका अनेकौं पसल खोलेर बसेका कम्युनिष्टहरू जिम्मेवार हुन् । जनतालाई कम्युनिष्टहरूले देखाउने मिठाई सर्वोच्च शासन व्यवस्थामा सर्वहारको नियन्त्रण एवं गरिबी निवारण) साच्चिकै गुलियो छ कि छैन ? यो प्रश्नको आत्मसमीक्षा हुनु आवश्यक छ । खास गरिकन कम्युनिष्ट पार्टीमा लागेका र यसलाई बाहिरबाट समर्थन गरिरहेकाले बुझ्न आवश्यक छ ।
सर्वोच्च शासन व्यवस्थामा सर्वहाराहरूको नियन्त्रण हुनु भनेको के एउटै व्यक्ति सधैंका लागि शक्ति र पदमा रहनु हो ? पुष्पकमल दाहाल नेकपा माओवादीका सर्वकालीन अध्यक्ष हुन् । उनी आजीवन अध्यक्ष हुने ठाउँमा छन् । त्यसैगरी उनी तीन पटक नेपालको प्रधानमन्त्री पनि भइसकेका छन् । भविष्यमा पनि उपरोक्त दुई पद उनी छोड्ने छैनन् । पटक-पटक नेपालको प्रधानमन्त्री बन्ने उनको हार्दिक चाहना छ । नेकपा एमालेका अध्ययक्ष केपी शर्मा ओली पनि बाँचुन्जेलसम्म पार्टीको अध्यक्ष हुन चाहन्छन् । दुई पटक प्रधानमन्त्री भइसकेका छन् । अवसर आए नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा जस्तै उनी पनि पटक-पटक प्रधानमन्त्री बन्न चाहन्छन् ।
चीनको अर्थव्यवस्था पुँजीवादमा अडेको छ । अहिलेको चीनको राजनीतिक व्यवस्था कम्युनिष्ट होइन । चीनमा कम्युनिष्टहरूको दर्शन एव सिद्धान्त अनुरूपको कम्युनिज्म छैन । नेपालका कम्युनिष्टहरूको सैद्धान्तिक धरातल पनि साह्रै कमजोर छ ।
शक्ति र सत्ता केवल आफ्नो र परिवारका लागि प्रयोग गर्ने प्रवृत्तिका कम्युनिष्ट नेताहरूबाट नेपालको आर्थिक विकास सम्बभव छैन । नेपालमा कम्युनिष्ट पार्टीको आवश्यक्ता नै छैन । न प्रष्ट आर्थिक नीति न त सामाजिक र राजनीतिक सोच नै ? केवल पञ्चायतकालीन राष्ट्रवादको नारालाई अघि सारेर जनतालाई भ्रममा राख्न चाहन्छन् । यदि नेपालमा कम्युनिष्ट पार्टीहरूको औचित्य रहेको भए यतिपटक नेपालका कम्युनिष्ट नेताहरू प्रधानमन्त्री बनिसकेपछि यो धनी राष्ट्र हुनुपर्ने थियो ।
कम्युनिष्ट शासन व्यवस्था भएको देशमा आर्थिक विकास भएको एउटा पनि उदारण छैन । सोभियत संघको विघटन भएको चार दशकभन्दा लामो समय वितिसक्दा यसमा कसैलाई पछुतो छैन न त कसैले विगतलाई फर्केर सम्झेका छन् । पूर्वी युरोपका देशहरू कहिल्यै सम्पनता हासिल गर्न सकेन । कतिपय चीनको आर्थिक प्रगतिलाई उदाहरण दिन सक्दछन् ।
तर, चीनमा जबसम्म माओवादीको कम्युनिष्ट पार्टीको शासन थियो तबसम्म देशले आर्थिक प्रगति गर्ने सकेको थिएन । देङ्ग सियाओ पिंगले आत्मसात गरेको पूँजीवादी आर्थिक नीतिका कारणमात्रै चीन अहिलेको अवस्थामा पुगेको हो । चीनमा एक दलिय (चिनियाँ कम्युनिष्ट पार्टी) शासन प्रणाली छ । चीनको अर्थव्यवस्था पुँजीवादमा अडेको छ । अहिलेको चीनको राजनीतिक ब्यवस्था कम्युनिष्ट होइन । चीनमा कम्युनिष्टहरूको दर्शन एंव सिद्धान्त अनुरूपको कम्युनिज्म छैन । नेपालका कम्युनिष्टहरूको सैद्धान्तिक धरातल साह्रै कमजोर छ ।
नेपालमा अहिले देशको कुल जनसंख्याको एउटा ठूलो भागले कम्युनिष्टलाई नै आफ्नो भाग्य विधाता देख्छ । गरिबीबाट मुक्ति दिलाउने सपना देख्छन् । कम्युनिष्टलाई मुक्तिदाता र भाग्यविधाताको रूपमा हेरेकै कारण त हजारौं नेपालली माओवादीको सशस्त्र युद्धमा सहभागिता जनाई आफ्नो ज्यान गुमाएका थिए । कम्युनिष्ट नेताहरू धनार्जन र भ्रष्टाचारमा संलग्न पाइएका घटनाहरू सामान्य भइसकेका छन् । सुन तस्करी, मानव तस्करी, ठगी र भ्रष्टचारमा घटनामा तिनका नाम आउँन थाले पनि तिनका समर्थकको मोहभंग भएको छैन । तर, अब पनि नेपालका गरिब जनताको कम्युनिष्ट नेताहरूबाट मोहभंग हुनु आवश्यक छ । नेपालका कम्युनिष्ट नेताहरूले नेपाली जनताको गरिबीको उपयोग आफ्नो निहित स्वार्थ पूर्तिमा गरेका छन् ।
विगतमा इमानदारी, सादगी, त्याग र आदर्शको कुरा गर्ने नेपालका कम्युनिष्टहरू त्यसमा पनि माओवादीका कम्युनिष्ट नेताहरूले भ्रष्टाचारबाट अथाह धन सम्पति आर्जन गरेपछि तिनको जीवन शैलीमा पनि ठूलो परिवर्तन भएको छ । विगतको जनयुद्धको ठाउँ अब धन युद्धले लिएको छ । अब तारे एवं आलिसान होटेलहरूमा तिनका सन्तानको विवाह र जन्मदिनका उत्सव भइरहेका छन् । अख्तियारलाई निश्पक्ष एंव स्वतन्त्र भएर काम गर्नु दिइयो भने भ्रस्टाचारको आरोपमा समातिनेमा ९० प्रतिशत त कम्युनिष्टकै नेताहरू हुनेछन् ।
विगत २० वर्षमा वैदेशिक सहायता पनि खुबै प्राप्त भएका छन् । जनतामाथि करको भारी लाग्ने काम पनि निरन्तर रूपमा जारी छ तर पनि नेपालको आर्थिक विकास किन भएन ? बेरोजगारी किन कम भएन ? युवाहरू किन विदेश गइरहेका छन् ? नेपालका कम्युनिष्ट नेताले यसको जवाफ दिनै पर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच