काँचो स्याउ रोकथाममा तिला गाउँपालिका मुखदर्शक

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिकाको स्याउ खानका लागि परिपक्क नहुँदा बजारमा गएको छ । काँचो स्याउलाई पूर्ण रुपमा रोकथाम नगरि तिला गाउँपालिकाको वडा नं. १ र २ ले सिफारिस दिँदा किसान र व्यापारीलाई काँचो स्याउ बजारमा ल्याउन राहत मिलेको छ । पालिकाको वडा नं. १ र २ को करिब सबै काँचो स्याउ व्यापारीले किसानबाट खरिद गरेर सुर्खेत लिई सकेका छन् । स्याउ राम्रोसंग पाकेपछि मात्र टिप्न किसानलाई जानकारी गर्दा पनि व्यापारीलाई काँचो स्याउ विक्रि गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो । वडाध्यक्षहरुलाई सिफारिस रोक्न भनी जानकारी गराएको उहाँले बताउनु भयो । कार्यापालिकाको निर्णय गरि अरु वडामा काँचो स्याउ पुर्णरुपमा रोकथाम गरिने भएको छ । परिपक्का भएमात्र स्याउ टिप्ने किसानलाई पुरस्कारको समेत व्यवस्था गरिएको तिला गाउँपालिका उपाध्यक्ष बुढाको भनाइ छ ।

वडा नंंं. १ वडाध्यक्ष जंग बहादुर बस्नेतका अनुसार किसानलाई काँचो स्याउ नटिप्न जानकारी गराउँदा पनि किसानले जथाभावी स्याउ विक्रि गरेकाछन् । मेरो वडामा करिब २ सय ४४ कुन्टल काँचा स्याउ बजारमा गएको वडाध्यक्ष बस्नेतले बताउनुभयो । कृषि विकास कार्यालयको सिफारिस अनिवार्य भनेर पछिमात्र पत्र आए यहाँका किसानले स्याउ टिपेर राखी सकेका थियो । वडाको सिफारिसले मात्र काँचो स्याउ रोक्न नसकिने भएकाले सबै पक्ष लागे मात्र स्याउ रोकथाम गर्ने सकिने वडाध्इक्ष बस्नेतले बताउनुभयो ।

वडा नंं. १ को काँचो स्याउ गए पछि वडा नं. २ ले सिफारिस दिएको हो । किसानलाई जति जानकारी गर्दे पनि काँचा स्याउ आफुखुसी किसानले बिक्रि गर्ने गरेको वडाध्यक्ष चन्द्र बहादुर बोहोराले जानकारी दिनुभयो ।

तिलाको काँचो स्याउ बजारमा गएको कार्यापालिकालाई जानकारी गराउँदा पनि वडाध्यक्षहरुले सिफारिस दिदा समस्या उत्पन्न भएको तिला गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक सरीता महतले बताउनुभयो । काँचो स्याउ सम्बन्धी बुझ्न खोज्दा गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको फोन उठेन । गत साउन १६ गते जिल्ला समन्वय समतिको हलमा जिल्लाका सरोकारवालाहरुको निर्णयले काँचो स्याउ रोक्नका लागि कृषि विकास कार्यालय जुम्लाको सिफारिस अनिवार्य गरिएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?