काठमाडौं । सूचना प्रविधिसम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेसन फाउण्डेशन(एलबिइएफ)बाट यस वर्ष एक सय ५० जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्डबुद्धबाट एमएस्सी, एमबिए, बिबिएम र बिएस्सीमा एक सय ५० विद्यार्थी दीक्षित भएका हुन् ।
मंगलबार आयोजित कार्यक्रममा लर्डबुद्धका अध्यक्ष पंकज जलान र एसिया प्यासिफिक युनिभर्सिटीका प्रमुख कार्यकारी अधिकृत दतुक परमजित सिंहले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । सूचना प्रविधिसम्बन्धी सबैभन्दा पुरानो कलेजको २५ वर्षको इतिहासमा १३ हजारभन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन् ।
एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन मलेसियामा फाइभ स्टार ¥याङ्क प्राप्त गर्न पनि सफल भएको छ । सूचना प्रविधिसम्बन्धी उक्त विश्वविद्यालय मलेसियामा फाइभ स्टार याङ्क प्राप्त गर्ने पहिलो र विश्वका उत्कृष्ट विश्वविद्यालयमध्ये १६औँ स्थानमा पर्न सफल भएको छ ।
लर्डबुद्धले नेपालमा पढ्दै कमाउँदै नीति कार्यान्वयन गर्दै लगेको अध्यक्ष जलानले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लर्डबुद्धबाट बाहिर निस्किएपछि प्रत्येक विद्यार्थीले आफू, परिवार र राज्यप्रतिको जिम्मेवारी थपिएको महसुस गर्नुहोला । स्वदेशमै प्रशस्त अवसर छन्, सम्भावनाको ढोका खोल्ने पनि आफैंले हो ।’ नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले विद्यार्थीलाई पार्ट टाइम जबको व्यवस्था गर्नुपर्ने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच