सुन तस्करीको छानबिन गर्न समिति गठनमा जुटेन सहमति

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एक क्विन्टल सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनमा दलहरुबीच सहमति जुट्न सकेन ।

सोमबार सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरुको दुईपटक बसेको बैठकमा सहमति जुट्न नसकेपछि मंगलबार पुनः बैठक बस्ने भएको छ ।

यसअघि नै दलहरुबीच सहमति कायम भएर संसदको गतिरोध अन्त्य हुने अपेक्षा सभामुख घिमिरेले गर्नुभएको छ ।

सोमबार अपरान्ह दोस्रो पटक नयाँबानेश्वरस्थित संसद भवनमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकपछि सभामुख घिमिरेले मंगलबार बिहान १० बजे बस्ने शीर्षनेताहरुको बैठकमा सहमति कायम हुने अपेक्षा गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?