कफी सम्मेलन हुने

Read Time = 2 mins

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघले राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी-२०८० आयोजना गर्ने भएको छ । सरोकारवालाहरूलाई अवसरको खोजी गर्न, ज्ञान आदानप्रदान गर्न र नेपालको कफी क्षेत्र विकास र प्रवद्र्धन गर्न एकीकृत गर्ने उद्देश्यले सम्मेलन तथा प्रदर्शनी गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

महासंघका महासचिव सन्तोष पोखरेलले पाखाबारी बाँझै हुने, युवा विदेश पलायन हुने अवस्था रहेको भन्दै सरकारले धान, कोदो मासेर कफी खेती गर्न अभिप्रेरित गर्न नसकेको बताउनुभयो ।

सम्मेलनमा कफीको आन्तरिक एवं बाहृय बजार प्रवद्र्धन गर्ने, कफी क्षेत्र विकास प्रवद्र्धनका लागि आवश्यक नीति तथा ऐनबारे अन्तरक्रिया, उद्यमी व्यवसायीको आफ्ना उत्पादन, सेवाको प्रदर्शनी, कफीको राष्ट्रिय विधागत प्रतिस्पर्धा र पुरस्कारसमेत प्रदान गरिने पोखरेलले जानकारी दिनुभयो ।

सम्मेलन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, युरोपियन युनियन व्यापार तथा लगानी परियोजना र इन्टरनेसनल ट्रेड सेन्टरको सहकार्य एवं समन्वयमा हुन लागेको हो । सम्मेलन असार २ देखि ५ गतेसम्म काठमाडौंको नयाँबजार सासा बैंक्वेटमा हुने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?