राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक आज दिउँसो चार बजे बस्ने भएको हो । यसअघि आज १ बजेका लागि बोलाइएको बैठक विज्ञप्ति निकालेर चार बजेका लागि सारिएको हो ।

सचिवालयले मंगलबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसमा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध-वार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्ने, दिगो विकास तथा सुशासन समितिले २०७८/७९ को प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ ।

यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन प्रस्तुत हुनेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले मन्त्रिपरिषद् बैठकबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?