मलेसियामा दुई खेलाडीलाई पदक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मलेसियामा भएको पाँचौँ हिरोज इन्टरनेसनल तेक्वान्दो कपमा न्युजेन तेक्वान्दो एकेडेमीका दुई खेलाडीले पदक जितेका छन् । मलेसियाको क्वालालम्पुरमा साउन १९ र २० गते भएको च्याम्पियनसिपमा न्युजेनका सक्षम दुलाल र सम्राट सिंहले रजत पदक जित्नुभएको छ ।

सक्षमले १० देखि १४ वर्षको ब्ल्याक बेल्ट पुम्सेमा र सम्राटले यू-१३ देखि १५ को ब्ल्याक बेल्ट स्पिड किकिङमा दोस्रो स्थान प्राप्त गरेको तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री प्रवीण थापाले जानकारी दिनुभयो ।

न्युजेनका चार खेलाडीले उक्त च्याम्पियसिपमा भाग लिएका थिए भने टोलीको व्यवस्थापकमा रेब्न्या घले हुनुहुन्थ्यो । थापाले च्याम्पियनसिपमा रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?