तेलुगु लोक गायक विठ्ठल राव ‘गदर’को निधन

Read Time = 1 min

हैदराबाद । तेलुगु भाषाका प्रसिद्ध लोक गायक विठ्ठल राव ‘गदर’ को निधन भएको छ । उहाँको हैदराबादको एक निजी अस्पतालमा निधन भएको हो । गदर लामो समयदेखि वामपन्थी समर्थक हुनुहुन्थ्यो र आफ्ना गीतमा वाम आन्दोलनदेखि तेलंगाना आन्दोलनसम्म उल्लेख गर्ने गर्नुहुन्थ्यो । भारतीय कांग्रेस नेता राहुल गान्धी र तेलंगाना कांग्रेसले टवीट् गर्दै गदरलाई श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

गदरको वास्तविक नाम गुम्माडी विठ्ठल राव थियो, जसको जन्म सन् १९४९ मा मेडक जिल्लाको टोपरन नजिकै भएको थियो । दलित समुदायमा जन्मिनुभएका गदरले इन्जिनियरिङको अध्ययन गर्नुभएको थियो भने केही समय बैंकमा जागिर खाउनुभएको थियो । सन् १९८४ मा बैंकको जागिर छाडेर उहाँले जन नाट्य मण्डलीमा काम गर्नुभएको थियो ।

सन् १९९७ मा गदरलाई मार्ने प्रयास गरिएको थियो । २००९-२०१४ को तेलंगाना आन्दोलनको समयमा गदरको गीत ‘अम्मा तेलंगानामा’ ले धेरैलाई प्रेरित गरेको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?