काठमाडौं । अनलाइन बस टिकटिङ सेवाप्रदायक बससेवा डटकम १०औँ वर्षमा प्रवेश गरेको छ । बससेवाले टुर्स एण्ड ट्राभल्सअन्तर्गत २०७१ साउन २१ गतेबाट सेवा सुरू गरेको थियो । सो अवधिमा कम्पनी नेपालभरका अधिकांश रूटमा सेवा प्रदान गर्न सक्षम भएको छ । साथै भारतको नयाँदिल्ली, बोधगया, मुजफ्फरपुरलगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ ।
हाल दैनिक तीन हजारभन्दा बढी यात्रुले बससेवामार्फत् टिकट काटी यात्रा गर्दै आएका छन् । बससेवाले यात्रुलाई बस कुर्न झन्झट नहोस् भन्ने उद्देश्यले काठमाडौंको ढुंगेअड्डामा प्यासेञ्जर लाउञ्जसमेत सञ्चालनमा ल्याएको छ । लाउञ्जमा यात्रुलाई वाइफाई, खानेपानीलगायतका सुविधा रहेका छन् भने लाउञ्जबाट सिधै बस चढ्न सकिन्छ ।
वार्षिकोत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलनमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भन्नुभयो, ‘बससेवा डटकमले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्दै यात्रुलाई अनलाइनमार्फत् टिकट प्रदान गर्ने उद्देश्यले सेवा सुरू गरेको हो ।
हामीले यसबीचमा विभिन्न उतारचढाव बेहोर्नुपरे पनि आमयात्रु र यातायात व्यवसायीले देखाउनुभएको विश्वासप्रति धन्यवाद दिन चाहन्छु ।’ वार्षिकोत्सवका अवसरमा कम्पनीले १० दिनसम्म हरेक दिन १० जनाले निःशुल्क यात्रा गर्न सक्ने अफर ल्याएको छ । गोलाप्रथाबाट १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच