एमबाप्पे बेच्ने तयारीमा पीएसजी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फरवार्ड केलियन एमबाप्पेलाई बेच्ने तयारी गरेको छ ।

एमबाप्पेले सम्झौता नवीकरण नगर्ने बताएपछि पीएसजीले उनलाई बेच्ने तयारी गरेको हो ।

एम्बाप्पेको सम्झौता अर्को सिजनको अन्त्यमा सकिँदैछ । क्लब र एम्बाप्पेसँग सम्झौता नवीकरण गर्ने विकल्पसमेत छ । तर पीएसजीसँगको एक महिना लामो वार्ता पछि पनि एम्बाप्पेले सम्झौता नवीकरण नगर्ने बताएका छन् ।

सम्झौता थप्ने अन्तिम समय जुलाई ३१ रहेपनि २४ वर्षीय फ्रान्सेली स्टार एम्बाप्पे भने तयार छैनन् । सम्झौता नथप्दा अर्को एम्बाप्पेलाई क्लबले फ्रि एजेन्ट अर्थात् सित्तैमा गुमाउनु पर्ने भएकाले पीएसजीले बेच्ने तयारी गरेको हो ।

२४ वर्षीय एमबाप्पेले पीएसजीलाई सम्झौता नवीकरण नगर्ने पत्र पठाएका छन्। पीएसजीका कीर्तिमानी गोलकर्ता एमबाप्पे २०१७ मा मोनाकोबाट क्लब आएका थिए ।

एमबाप्पेले पीएसजीका लागि २६० खेलमा २१२ गोल गरेका छन्। २०१८ को विश्वकप विजेता एमबाप्पेले फ्रान्सका लागि ६८ खेलमा ३८ गोल गरेका छन् ।

एमबाप्पे अनुबन्धका लागि स्पेनिस क्लब रियल मड्रिडले लामो समयबाट चासो राखिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?