ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर निःशुल्क उपचार

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर ८ ले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण घरदैलोमा नै हुने ब्यवस्था मिलाएको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा पहुँच विस्तार अन्तर्गत घरदैलोमा नै पुगेर स्वास्थ्य परीक्षण सुरु गरिएको वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो ।

वडामा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रसँगको समन्वयमा ज्येष्ठ नागरिकको घरदैलो मै पुगेर परीक्षण र उपचार सुरु गएिको हो । घरमै आएर स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण थालेपछि वडा भित्रका ज्येष्ठ नागरिक पनि खुशी देखिनुभएको छ ।

वडा भित्र रहेका साविकका तीन वटा वडाहरुमा स्वास्थ्य परीक्षण हुने छ । प्रत्येक महिनाको २२, २३ र २४ गते वडा भित्रका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणको तालिका बनाईएको आधारभुत स्वास्थ्य सेवा केन्द्र प्रमुख मणिकला प्रधानले बताउनुभयो । घरदैलोमा खटिएका स्वास्थ्यकर्मीबाट ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाई लगायतको परीक्षण गरिने छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?