अचेल राजनीति गर्ने व्यक्तिहरू नैतिकता र संस्कार भनेको वैयक्तिक कुरा हुन्, यसमा कानुन नियम लागू हुँदैन भनेर मञ्चबाटै भाषण गर्दै हिँड्ने गरेको देखिन्छ । केही राजनीतिक दलका उच्च तहका नेताका सम्भाषणमात्रै सुन्ने हो भने कानलाई बिझाउने प्रकारका शब्दावलीको प्रयोग भएको देखिन्छ । नेकपा बनेका दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रमा रूपान्तरण भएका बेलाका र त्यसभन्दा पहिलेका दुवै पार्टीका सानादेखि ठूला तहका नेतासम्मका कुरा सार्वजनिक भएका छन् । तिनलाई हेर्दा उहाँहरूले भाषिक मर्यादा पार गरेको देखिन्छ । त्यसै बेलातिर कतिपय कांग्रेसी नेताहरू पनि आ-आफ्ना वृत्तका कुरामा छारष्ट भएर सार्वजनिक भएका छन् ।
त्यसैगरी राजनीतिक साउन लागेपछि उम्रेका च्याउजस्ता राजनीति गर्ने दलका नाइटो पनि राम्ररी झरी नसकेका नेता र नेतृ पनि सार्वजनिक भए । आफन्तलाई सदाका निमित्त गुमाएर दुःखका भुँमरीमा परेका बेला शोक प्रकट गर्न आर्यघाट गएकाहरू पनि शोकका नाममा गालीमा ओर्लेका पनि देखिए । मानवीय र मानव समाजको मर्यादा पनि नाघेको भन्न मिल्छ कि मिल्दैन यस घटनालाई । सामाजिक निन्दा आरम्भ भएपछि सम्बद्ध व्यक्तिले माफी त मागिन् तर प्रश्न उठ्छ देशको नेता बन्छु भनेर आएकी सुपठित मान्छे, शोक र गाली आक्रोश र सामान्य संवादको भेद चाल पाउँदिनन् भने तिनले पनि राजनीति नै गर्ने ?
के हो यो राजनीति ? समाजमा अनेकता हुन्छ । समाजमा बापति पनि हुन्छन् । गति छाडा पनि हुन्छन् । साधु सज्जन र सन्त पनि हुन्छन् तर तिनको मूल्य फरक हुन्छ । समाजले पनि तिनलाई फरक नै व्यवहार गर्दछ । जनकपुर क्षेत्रमा एकजना डाकावृत्तिमा लागेका मान्छे थिए कुञ्जा नाम भएका । उनले डाका गरेर ल्याएका धनबाट विद्यालय खोलेका थिए, खोलामा पुल बनाएका थिए । नेपाल-भारत दुवैतिरका सीमावर्ती क्षेत्रमा उनी डकैती गर्थे । यो देशमा कुनै दिन डाका पनि समाजसेवी थिए तर रामचन्द्र साहु र उनका पिता रामस्वरूप र रामसागरजस्ता दधीचि पनि त्यसै छेत्रमा थिए । आज पनि त्यहाँको समाजले कुञ्जा डाका पनि बिर्सेको छैन र रामस्वरूप रामसागर साहुलाई पनि बिर्सेका छैनन् ।
राजनीति भनेको नीतिमध्ये सबैभन्दा उम्दो नीति हो । अतः यसले मान्छेमा पनि समाजकै आदर्श कुलघरान र चरित्रको अपेक्षा गर्छ नै । जो पायो त्यही व्यक्ति आदर्श र उदाहरणीय हुँदैन । साउनमा खहरेले पनि मान्छे बगाउँछ तर चैतमा त्यसैका छातीमा कमिला हिँड्छन् ।
समाज र पृथ्वी यस्ता रिजभ्र्वायर हुन् जसले हजारौं वर्ष पनि जस्तासुकै विष्फोटक र विषाक्त कुरालाई पनि पचाउँछन् । यो चरित्र नभए पृथ्वी, पृथ्वी हुँदैन र समाज पनि समाज भनिँदैन । राजनीति भनेको नीतिमध्ये सबैभन्दा उम्दो नीति हो । अतः यसले मान्छेमा पनि समाजकै आदर्श कुलघरान र चरित्रको अपेक्षा गर्छ नै । जो पायो त्यही व्यक्ति आदर्श र उदाहरणीय हुँदैन । साउनमा खहरेले पनि मान्छे बगाउँछ तर चैतमा त्यसैका छातीमा कमिला हिँड्छन् । जसरी खोलो कहलिन बाह्रै महिना पानी हुनुपर्छ ठीक त्यसरी नै त्यसका लागि पनि कुनै चारित्रिक मूल्यको पालना गर्नुपर्छ जस्तै कठिन परिस्थितिमा पनि अविचल भएर त्यसको पालन गर्यो भने मात्रै समाजले चिन्न थाल्दछ ।
रत्नाकर नामको डाका वाल्मीकि बन्न समय लागेको कुरो पुराणले पनि गरेका छन् । विष्णुका द्वारपाल जयविजयले नारद ऋषिको सम्मान गर्न नसक्दा तीन-तीन जन्म दानव बन्नुपरेको आख्यान छ । ज्युँदोजाग्दो मान्छे मारेर आदर्श गनिएका स्वघोषित भरपर्दो भनिएका पार्टीनेता बनेका केपी शर्मा ओली र रेशम चौधरी महान् ठानिएका समाजका कुरा त के गर्ने र ? कसैले अदालत सेटिंगमा चलाए कसैले आफ्नो कुर्सी टिकाउने ब्रहृमास्त्र महाअभियोगलाई बनाए भने कसैले मयार्दा नाघेर पेटका कीरा मर्ने गरी बोल्ने चरित्र पनि प्रदर्शन गरे ।
राजाले बारम्बार हेपेको र जनता होइनन् म मात्र हुँ नेपाल भनेर अहं प्रदर्शन गर्दा पनि ‘बीपीले राजाको र मेरो घाँटी जोडिएको छ’ भनेर शालीन र मर्यादापूर्ण शैलीमा जनशक्तिलाई नस्वीकारे राजशक्ति पनि टिक्दैन भनेर राजालाई भनेका थिए भने नेपालका प्रजातान्त्रिक शक्तिलाई पनि राजसंस्था मासियो भने प्रजातन्त्र पनि मास्ने उद्योग हुन्छ भनेर सम्झाएका थिए । आज त गिदीबोसे स्वार्थान्ध र दृढचरित्रमा खडेरी लागेका सबैले कुरो बुझेको हुनुपर्छ । किन यस्तो अस्थिर बनेको छ नेपाली राजनीति र बहुदलीय प्रजातन्त्रकै अभिलक्षणभन्दा बाहिर पुगेको छ प्रजातान्त्रिक मर्यादा ।
यसका नेताको चरित्र र चिन्तन नै यसको कारण हो । नैतिक धरातल कमजोर भएका ताक छोपुवा, सत्ता र शक्ति नै जीवनको प्राप्तव्य ठान्नेका हातमा पार्टी पुगेका छन् । विचार, दर्शन र चिन्तन नमिल्नेसँग गठबन्धन गरेर भए पनि सत्ता सयर नै आदर्श बनाइएको छ । यस्तै पद्धति र प्रक्रिया बुझेका चौथो शक्ति मानिने पत्रकार जगत् पनि आज मान्छे, कुल घरान र संस्कारतिर हेर्दै नहेरी फलानो फलानासँग मिलो भनेर स्थिरतामा लागेका दललाई पनि शंकाका दलदलमा फसाएर अस्थिरता पैदा गर्न लागेका देखिन्छन् ।
बाघ भोकै मर्ला तर राम्रो हरियो रहेछ भनेर या प्राण बचाउन भनेर घाँस खाँदैन । हात्ती ढलेपछि उठ्दैन लाख ओखती गर्नुहोस् । केशरबहादुर विष्ट जत्तिको पढेका सुसंस्कृत मान्छे पनि मरेको या पसारा परेको हात्तीको लास रुँगेर रोइलो गर्दै छन् । धर्म मान्छेको धारणा हो । यसमा प्रत्येक व्यक्ति स्वतन्त्र हुन्छ । यो वैयक्तिक स्वतन्त्रतामा पर्ने मानवीय अधिकार हो । ऋग्वेदमा १० प्रकारका गणतन्त्रात्मक शासन प्रणालीको चित्रण भएको ऋचा छ । गणतन्त्रमा हिन्दु या अन्य कुनै धर्म हुँदैन भन्नु ठीक होइन । आज डा.शेखर कोइराला यिनै मर्यादाका कुरा गरिरहेका छन् ।
गणेशमानजीले गिरिजा बाबु पञ्चायत प्रवेश गर्दै हुनुहुन्छ भनेर गाली गर्दा पनि गिरिजाप्रसाद कोइरालाले न पञ्चायतको विकल्प खोज्ने अभियान छाडे न त गणेशमानजीलाई उत्तर या गाली नै गरे । साधारण चाहना पूरा नहुँदा बरू गणेशमानजीले जेहाद छेड्नुभयो तर कोइरालाहरू केही बोलेनन् त ।
धर्मजस्तो संवेदनशील कुरा अँध्यारा कोठामा बसेका दश, बीस, पचास या सयले निर्णय गर्ने कुरो होइन । तमाम जनताको अभिमतबाट मात्रै यस्ता विषयमा निर्णय गर्नुपर्छ भन्छन् उनी । अतः धर्मलाई हतियार बनाएर राजनीति गर्नु अपराध हो । अचेलका पत्रपत्रिकामा डा.शेखर र शेरबहादुर मिले भनेर टिप्पणी गरेका लेख, समाचार आदिको बाहुल्य देखिन्छ । नजिकका कुनै दिन उनले यसको पनि जवाफ दिएका छन् गगनसँग कार्यक्रममा मतभेद छैन र सभापतिले बोलाउँदा जान्छु उनीसँग प्रतिस्पद्र्धा गरेकै हुँ किन मिल्ने ? भनेर जनतासँग र सञ्चारमाध्यमसँगै उनले प्रश्नसमेत गरेर मर्यादा सम्झाएका छन् ।
बा, हजुर्बा र काका ठूलाबाबुले केही संस्कार त सिकाएका होलान् भनेर बिरासत नबिर्सन पनि उनले संकेत गरेका छन् । गणेशमानजीले गिरिजा बाबु पञ्चायत प्रवेश गर्दै हुनुहुन्छ भनेर गाली गर्दा पनि गिरिजाप्रसाद कोइरालाले न पञ्चायतको विकल्प खोज्ने अभियान छाडे न त गणेशमानजीलाई उत्तर या गाली नै गरे । यो हो राजनीतिक चरित्र । साधारण चाहना पूरा नहुँदा बरू गणेशमानजीले जेहाद छेड्नुभयो तर कोइरालाहरू केही बोलेनन् त । अन्तिम अवस्थामा प्रकाशमानजीले र रामचन्द्रजीले धोका दिँदा पनि त बरू रामचन्द्रजी र प्रकाशमानजी धतुलाउनुभयो डा.शेखरले त कसैलाई गाली गरेनन् त । गाली राजनीति गर्ने व्यक्तिको आभूषण होइन ।
यसैबीचमा मेरो र डा.शेखरको भेट भएको थियो । मैले प्रजातन्त्रवादीले सर्वत्र प्रजातन्त्रवादीको वर्चस्व खोज्नु ठीकै पनि होला भनेजस्तै अन्य विचारधाराका राजनीतिक दलका नेताले पनि त खोज्नु स्वाभाविक नै हो, होइन र ? यस्तै हो भने त यो देशमा राजनीतिकर्मीबाहेक कोही नहुने भए । देश यसरी बनिन्छ ? जनता या निष्पक्ष व्यक्तिको त खडेरी पर्ने भयो नि दाजु भनेर मैले प्रश्न गर्दा उहाँको उत्तर थियो । हो, यो गलत भएको छ । अहिले कतिपयलाई निवार्चन आयोगले पत्रै काटिसक्यो ।
मैले त तरुण दल र नेविसंघलाई पनि भनिसकेँ-‘हरेक ठाउँमा दलको छाया परो भ्रातृ तथा शुभेच्छुक संघ संगठन खोज्नुभन्दा आ-आफ्ना दलमा मूल्यांकनको परिपाटी विकास गर्ने र ऊ जुन क्षेत्रमा कार्यरत छ त्यहाँ बसेर उसले देश र जनताको सेवा गरेबापत् रिटायर भएपछि पार्टीसँग केही योग्यता, क्षमता सुहाउँदो मार्यादाका पद लिने प्रथा र परम्पराको विकास गर्नुपर्छ । अन्यथा कसैले पनि आफ्नो ठाउँमा बसेर इमानदार बनेर काम गर्ने परिपाटी नै बसाउन सकिँदैन’ सबै पार्टीका झोला बोक्ने भए भने स्वतन्त्र व्यक्तित्वका मान्छे के बाहिरबाट आयात गरेर हुन्छ ? भन्नुभएको थियो । मैले राति निकैबेर सोचेँ यो मलाई राम्रो लाग्यो उहाँको चिन्तन ।
यदि यता हामी सबै लाग्ने हो भने अहिले बरवाद भएका शैक्षणिक, प्रशासनिक, सामाजिक सबै क्षेत्रको चुस्त सेवा गर्ने प्रवृत्ति विकास गर्न सकिन्छ र राजनीतिक दलले विकास गरेको भागबण्डाबाट देश चलाउने अपसंस्कृतिको पनि विसर्जन हुनेथियो जस्तो मलाई लाग्यो । आठ वर्ष प्रवास र आठ वर्ष सैनिक हिरासतमा राखेर सताउँदा पनि गलत सम्झौता नगर्ने र सिद्धान्त परित्याग नगर्ने सगरमाथाको चरित्र भएका कुलका सदस्यले यो निष्ठा र चिन्तन प्रदर्शन गर्नु अनौठो भने होइन । शेखर तथा शशांक यो देशका सर्वाधिक संयमित, शालीन र जनताका घरदैलामा पुगेको नाम पनि हो भनेर कसले जानेको छैन ?
“गाली राजनीति गर्ने व्यक्तिको आभूषण होइन।”
यस्तै खदिला,रहरलाग्दा वाक्यहरुले लेख सुन्दर साथै पठनीय छ।वर्तमानमा संस्कार हराएको राजनीतिलाई खरो खबरदारी गर्ने आलेखहरु नियमित सम्प्रेषण गर्न लेखकलाई अनन्तकालसम्म स्वास्थ्यले साथ देओस्।हाम्रो शुभकामना ।
संस्कार गुमाउदै गरेकाले पढ्नु पर्ने लेख