एकीकृत समाजवादीको जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । मंगलबारबाट सुरू भएको बैठकले आज पनि निरत्तरता पाउने भएको हो ।

बिहान ८ बजेदेखि सुरु हुने बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्ने प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

हिजोको बैठकमा ८१ जनाले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी आ–आफ्नो धारणा राखेका थिए ।

केन्द्रीय सदस्यहरुले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गर्ने तयारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?