३३ किलो सुन ल्याइँदा कांग्रेसको सरकार थियो : एमाले नेता रिजाल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका नेता बिष्णु रिजालले ३३ केजी सुन नेपाल भित्राउँदा कांग्रेसको सरकार रहेको जिकिर गर्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता बिष्णु रिजालले सो सुन ल्याउँदा कांग्रेस नेतृत्वको सरकार रहेको जनाउनुभएको हो ।

‘३३ किलो सुन विमानस्थलबाट बाहिरिँदा शेरबहादुर देउवा प्रम र गृहमन्त्री हुनुहुन्थ्यो, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, यो घटना ०७४ माघ ८ गतेको हो,’ उहाँले भन्नुभयो, ‘केपी ओली प्रधानमन्त्री ०७४ फागुन ३ गते हुनुुभएको हो । त्यसबेलासम्म तस्करहरुले सुन पुर्याउनुपर्ने ठाउँमा पुर्याइसकेका थिए ।’

स‌सदमा सुन प्रकरणलाइ लिएर बादबिबाद भइरहदाँ रिजालको यो टिप्पणी सामाजिक सञ्जालबाट सार्वजनिक भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?