तीन महिने अभियान पार्टीको अन्तिम परीक्षा हो : प्रवक्ता सापकोटा

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले नेकपा(माओवादी केन्द्र)को भदौ १६ गतेदेखि शुरु हुने ३ महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘प्रवक्ता–पत्रकार बिच भेटघाट’ कार्यक्रममा बोल्दै प्रवक्ता सापकोटाले पार्टीले आयोजना गर्ने ३ महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताउनुभएको हो । उहाँले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी-शिशेष रुपान्तरण अभियान’ शुरु हुने र सो दिन देशभरका ६ हजार ७४३ वटा वडामै एकसाथ उद्घाटन हुने बताउनु भयो । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहालले सातवटा प्रदेशका सात वटा वडा जिम्मा लिने र अन्य सबै नेताहरुले समेत वडा जिम्मा लिने भन्दै उहाँले सबै नेताहरु परिक्षामा सामेल हुने बताउनु भयो । उहाँले यो अभियान पार्टीको अन्तिम परीक्षाजस्तो भएको भन्दै आफूहरु सामुहिक रुपमा उत्तिर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो- ‘भदौ १६ गते ६७४३ वटामा एकै साथ उद्घाटन हुन्छ । अध्यक्षले सात प्रदेशको सातवटा वडाहरु जिम्मा लिनुभएको छ । हामीले पनि सबैले जिम्मा लिएका छौँ । यसमा हामीले वैचारिक पुनःगठन, राजनीतिक पुनःगठन, संगठनात्मक पुनःगठन र सांस्कृतिक पुनःगठनका कुरा गर्छौ । यो एउटा परीक्षा हो । हामी सबैका लागि परीक्षा हो । त्यसकारण यो परीक्षामा हामी सबै सामेल हुन्छौँ । मलाई विश्वास छ हामी यो परीक्षामा उत्तिर्ण हुन्छौँ । भदौको १५ गतेसम्म हामी तयारी गर्छौं । यो तीन महिने अभियान सफल हुन्छ । यो हाम्रो करिव करिव अन्तिम परीक्षा जस्तै छ । हामीले साझा संकल्प गरेका छौँ कि यो परीक्षामा हामी सामुहिक रुपमा उत्तिर्ण हुन्छौँ ।’

प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणलाई निस्कर्षमा पु¥याउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालप्रतिवद्ध रहेको बताउनु भयो । उहाँले ठिक ढंगले अनुसन्धान गर्नका लागि सिआइबिलाई अनुसन्धान गर्न जिम्मेवारी दिइएको उल्लेख गर्नुभयो । उहाँले अनुसन्धान प्रक्रियामा कुनैप्रकारको मोलाहिजा नहुने भन्दै अनुसन्धान प्रक्रिया निर्धक्कका साथ अगाडी बढ्ने स्पष्ट पार्नुभयो । तथ्य र प्रमाणले दोषि देखिएकाहरुलाई कारबाही गर्न पार्टीमा समेत एकमत रहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो- ‘सुन प्रकरणलाई निस्कर्षमा पु¥याउने कुरामा प्रधानमन्त्री प्रतिवद्ध हुनुहुन्छ । उहाँ दृढ हुनुहुन्छ । निर्दोष नपरुन् । दोषि नउम्किउन् भन्ने छ । कसरी तथ्यद्वारा सत्य पत्ता लगाउने कुरामा के गर्दा ठिक हुन्छ भनेर प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको राजश्व अनुसन्धानले सिआइबिलाई दियो नि त । त्यो चाहीँ ठिक ढंगले अनुसन्धान होस् । काहीँ त्यहाँ मोलाहिजा हुँदैन । त्यो रोकिँदैन । यसलाइ अगाडी बढाइछाड्ने कुरामा प्रधानमन्त्रीले पदाधिकारी र केन्द्रिय कमिटी बैठकमा प्रतिवद्धता राख्नुभएको छ । पहिलाको इतिहास दोहोरिँदैन । निर्धक्क साथ अघि बढ्छ । अगाडी बढाउनेमा पार्टीमा एकमत छ । तथ्य र प्रमाणले जो-जो, जहाँ-जहाँसम्म पुग्छ त्यहाँसम्म पुग्नका लागि कुनै हिच्किचाहट हुँदैन ।’

प्रवक्ता सापकोटाले जनता महंगिको मारमा परेको भएपनि महंगी नियन्त्रणमा सरकारको पहलकदमी पुग्न नसकेको बताउनु भयो । उहाँले बजार अनुगमन गरी बद्मासी गर्नेहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताले खेप्नु परेको महंगिको मारको सम्बन्धमा पार्टीको आगामी पदाधिकारी बैठकमा आफूले कुरा उठाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘महंगिको मार परेको छ । सरकारको पहलकदमी पुगेको छैन । अनुगमन गर्ने, बद्मासी गर्नेलाई कारबाही गर्ने कुरामा सरकारले दृढतापूर्वक कदम चाल्नुपर्छ । यसमा दुईमत छैन । महंगिको मारमा जनता परेका छन् । अब बस्ने पदाधिकारी बैठकमा यही भावका साथ हामी छलफल गर्छौ ।’

उहाँले देशका युवाहरु विदेशिने कुरा राष्ट्रियतासँग पनि गाँसिएको भन्दै हुनेखाने र पुगिसरी आएकाहरु नै विदेशिएका बताउनु भयो । उहाँले युवाहरु विदेशिने खतराको विषय भउको भन्दै यो विषयलाई राष्ट्रले प्राथमिक एजेण्डा बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘युवा पलायन हुनेकुरा राष्ट्रियतासँग पनि गाँसिन थाल्यो । जो हुनेखाने छन् । पुगिसरी आएका छन् उनीहरु विदेशिएका छन् । उनीहरुले यो राष्ट्रबाट सबभन्दा बढी उनीहरुले पाएका छन् । तैपनि उनीहरु विदेश गएर च्यालेन्ज गर्छन् । त्यसकारण यो विषय बहुआयामिक खतराको विषय बनेर आएको छ । यसलाई राष्ट्रको प्राथमिक एजेण्डा बनाउनुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्ने, गरिबी निवारण गर्ने, रोजगारी सिर्जना गर्ने अनि जनताको जीवनस्तर उठाउने अनि सामुहिक प्रगति गर्ने । यही त हो । ३ महिने अभियान पछि आशाको झिल्को देखिनेगरी सरकारले पनि पहलकदमी लिइरहेको हुन्छ ।’

उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने, गरिबी निवारण गर्ने र रोजगारी सिर्जनागरी जनताको जीवनस्तर उठाउने कुरामा ध्यान पु¥याएर समाजवाद स्थापनाको आधार तयार पार्नुपर्ने उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?