फोटोग्राफीमा अनिल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । फोटोग्राफीलाई सामान्य रूपमा परिभाषित गर्नु उपयुक्त नहुने र यसलाई बृहत् रूपमा हेर्नुपर्ने धारणा फोटोग्राफर अनिल गौतमको छ । स्कुले जीवनमा गाउँघरतिर चलचित्र छायांकनका लागि आउँदा उत्सुक्ताका साथ हेर्ने र कसरी खिचिन्छ भनेर चासो राख्ने गौतम आज आफैं स्थापित फोटोग्राफरका रूपमा परिचित हुनुहुन्छ ।

विज्ञान तथा प्रविधिको विकासले ल्याएको परिवर्तनसँगै तस्वीर खिच्ने परम्परागत विधिमा आज ठूलो परिवर्तन आएको छ । फोटोग्राफीमा समेत अनेकन नयाँ आयाम विकसित भइरहेको छ । सहज प्रविधिको प्रयोगले खिच्दाखिच्दै गरेको तस्वीर सम्बन्धित सञ्चार माध्यममा पुग्ने र एकाध क्षणमै प्रकाशित हुने गरेको छ । तस्वीर जीवन्त विधा हो, यसले सत्य बोल्छ र तथ्यको उद्घाटित गर्दछ । शब्दभन्दा तस्वीरको प्रभाव हजार गुणा बढी रहन्छ । यसैलाई हजारौले पेशाको रुपमा लिएका छन् । यही पेशाभित्रका एक हुनुहुन्छ अनिल ।

अनिलले २०७३ सालमा आभाष इन्टिच्युटबाट फोटोग्राफी र भिडियो सम्पादन सम्बन्धि प्रशिक्षण लिएर नै यस पेशामा प्रवेश गर्नुभएको हो । शंखुवासभा, चैनपुर नगरपालिका ६ का स्थानीय वासिन्दा गौतम रियल फोटोग्राफीमा अब्बल मानिनुहुन्छ ।

चलचित्रभन्दा पनि ड्रकुमेन्ट्री, टेलिभिजन कार्यक्रममा आफूलाई ब्यस्त तुलाउने गर्नुभएका अनिलले नेपाल टेलिभिजनबाट प्रशारित ‘विकास र बहस’, चन्द्र प्रोडक्शनबाट सञ्चालन हुँदै आएको कार्यक्रम ‘सहयात्रा’ लगायत दर्जनौं टिभी कार्यक्रम र ड्रकुमेन्ट्रीमा आफ्नो फोटोग्राफी क्षमता देखाइसक्नु भएको छ भने फोटोमुनमा क्यामराम्यानको रुपमा काम गरेको अनुभव संगाल्नुभएको छ । गौतमले शिखर नेपालबाट निर्माण भएका टेलिभिजन कार्यक्रम जस्तै सरकारी सेमिनार, गोष्ठी, बायोग्राफीलगायत कृषिसँग सम्बन्धित गतिविधिको फोटोग्राफीको रूपमा काम गरिसक्नुभएको छ ।

नेपालमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा घटेका घट्नाहरूको सुक्ष्म रुपमा अध्यायनगरी सोही विषयवस्तुमा भिडियो तथा स्टिल फोटोग्राफीको रूपमा काम गर्दै अन्तर्राष्ट्रिय बजारमा आफ्नो पृथक पहिचान बनाउने काममा निरन्तर लागि रहने र भविष्यमा पनि यही विधालाई आफ्नो मूलपेशा बनाई राष्ट्रसेवामा समर्पित गर्ने उद्देश्य रहेको अनिल बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Shekhat Gautam
Shekhat Gautam
2023-08-10 10:51 am

शुभकामना

रिलेटेड न्युज

छुटाउनुभयो कि ?