सेयर बजार ४१ अंकले बढ्यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निरन्तर घट्दोक्रममा रहेको सेयर बजार बुधबार भने ४१.०६ अंकले बढेको छ । कारोबारमा आएका दुई सय कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । दुई सय ६५ कम्पनीका ५० लाख १० हजार सात सय १६ कित्ता सेयर एक अर्ब ८८ करोड ८३ लाख २६ हजार रुपैयाँमा कारोबार भएको हो ।

कारोबारमा आएकामध्ये सामूहिक लगानी कोष समूहमात्र घटेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ७.४८ अंकले बढेको छ । हिमालयन लघुवित्त, सुपर मादी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने एसियन हाइड्रोपावर, फस्र्ट माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेण्ट बैंक र इमर्जिङ नेपालको सेयर मूल्य आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

तर, सेञ्चुरी डिबेञ्चर २०८८ को मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने लक्ष्मी लघुवित्तको आठ प्रतिशत, नेपाल रिपब्लिक मिडियाको साढे छ प्रतिशत र स्वरोजगार लघुवित्तको छ प्रतिशतले सेयर मूल्य घटेको छ । आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण ३० खर्ब ५३ अर्ब ५८ करोड ६४ लाख १८ हजार ४५ रुपैयाँ कायम भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?